0
कटुवा पेस्तोल खरिद–बिक्री गर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँवु खैरेनीले धनुषा जिल्ला वैगडावड(९ लालगण बस्ने २३ वर्षीय गणेश श्रेष्ठ, २० वर्षीय राजु लामा र २१ वर्षीय दीपक बराललाई मङ्गलबार पक्राउ गरेको हो । आँवु खैरेनी गाविस स्थित गाउँबेसी कृषि अनुुसन्धान केन्द्रमा मिस्त्री काम गर्दै आएका दीपक बराललाई रु १२ हजारमा बिक्री गर्न श्रेष्ठ र लामा धनुषाबाट पेस्तोल र गोली लिएर आएको प्रहरीले जनाएको छ ।
शङ्कास्पद अवस्थामा सडकमा हिँडिरहेका युवालाई गस्ती प्रहरीले जाँच गर्दा उनीहरूको साथबाट पेस्तोल र दुई थान गोलीसहित उनीहरू पक्राउ परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामबाबु ओलीले जानकारी दिए ।

Post a Comment

 
Top