0
पोखरा लामाचौर कैसारा क्षेत्रमा नागपञ्चमीको अवसरमा बृहद् पूजा–आजा हुने भएको छ । दैविक शक्ति ओज तथा उपचार केन्द्रको अगुवाईमा १६ गते शुक्रबार हिन्दुधर्म विधि अनुरुप पूजा हुने केन्द्रका अध्यक्ष सफल थापाले जनाएका छन् । गत वर्ष माघ ३ गते कास्की मै चर्चामा रहेको कैसारा क्षेत्र (हेम्जा लमाचौर जोडने पक्की पुल नजिक) मा बृहत् पूजा हुन लागेको हो । हिन्दु धर्मालब्वीको पूजा विधि अनुरुप गाईको दुध, अविर, दुवो, जनैसुपारी, सेतो फूल, सिन्दुर, कपास, लावा रोटी लगायतले पूजा हुने स्थानीय नाग संरक्षण समितिका अध्यक्ष तथा पूजा संयोजक कृष्णप्रसाद पौडेलले जनाएका छन् । गत वर्ष नै संरक्षण गरिएको सो क्षेत्रको जगेर्ना गर्न स्थानीय वासिन्दा र संरक्षण समितिको अगुवाईमा पर्खाल निर्माण समेत भएको दैविक केन्द्रका अध्यक्ष थापाले जनाएका छन् ।
केन्द्रका अध्यक्ष एवं धार्मिक ब्यक्तित्व थापाका अनुसार प्रत्येक घरमा पूजा हुन्छ तर सो क्षेत्रमा हुने पूजाले मनोकांक्षा पुरा हुने विश्वास समेत ब्यक्त गरेका छन् । कैसारा क्षेत्रमा स्थानीय संघ संस्था, प्रशासनिक निकाय एवं सहयोग दाताहरुको सहयोगमा धार्मिक पर्यटकीय विकासमा टेवा पुग्ने बताईएको छ । पर्यटन विकासमा उपचार केन्द्रले विभिन्न अवसरमा कैसारा क्षेत्रको संरक्षण र विकासमा ध्यानाकर्षण गराउँदै आएको पूजा हुने दिन नजिकिँदै जादा सेती नदीको वहावटले क्षेति पुगेको कारण संरक्षणलाई अनुरोध समेत गरेका छन् । बाँध निर्माण हुन सके पूजा तथा अन्य धार्मिक कार्यमा बाधा नपुग्ने हुँदा आगामी दिनमा विकास प्रेमीले चासो दिन आग्रह समेत गरे ।

Post a Comment

 
Top