0

सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक जोडीलाई हिरासतमा पु¥याएको छ । विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुक मार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल नाम गरेका व्यक्ति अहिले बहुविवाह मुद्दामा प्रहरी हिरासतमा पुगेका हुन् । जेठी श्रीमतीले बहुविवाह गरेको उजुरी दिएपछि प्रहरीले साउन ८ गते दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिमलकुमार उपाध्यायले बताउनुभयो । उहाँका अनुसार रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्त्याल र विवाहित ती महिलासँग फेसबुकमार्फत सम्पर्क भएको थियो । फेसबुक, स्काइप, भाइबर र फोन हँुदै गहिरिएको पिरतीलाई छन्त्याल नेपाल फर्कने बित्तिकै दुवैजना काठमाडौँमा भेट भएर विवाहमा परिणत गरेका प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै बहुविवाह गर्ने महिलाका बारेमा थप विवरण सार्वजनिक गर्न मानेन् । सुनौलो भविष्यको सपना बुन्दै दुखजिलो गरेर घरव्यवहार धान्दै आएकी छन्त्यालकी श्रीमतीले परदेशी श्रीमान्ले बाटैबाट अर्की ल्याएको थाहा पाएपछि प्रहरीलाई उजुरी गरेकी थिइन् ।

Post a Comment

 
Top