0

तिवारी आत्मोन्नति समाजको २५ औ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्याङ्जा जिल्ला अदालतका न्यायधिश डिल्लरमण तिवारीले बन्धुत्व भाईचारा र पारस्परिक सहयोग एवं सद्भाव का माध्ययमवाट समाजका प्रत्येक मनुष्यको आत्म उन्नतिमा यस समाजले विगत लामो समय देखि सेवा पुर्याउँदै आएको र प्रत्येक कृयाकलापले समाजलाई रुपान्तरित गर्न सकेको खण्डमा र सवै तिवारी एक जुट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पोखरा विश्वविद्यालयका डिन डा इन्द्रप्रसाद तिवारीले समाजको विगतको स्मरण गर्दै शिक्षा क्षेत्रमा योगदानको चर्चा गरे । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तिलक प्रसाद तिवारीले समाजलाई समय सापेक्ष प्रगती तर्फ डोर्याउन सवैलाई आग्रह गरे । समाजका अध्यक्ष भरत प्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक र विशिष्ठ गरी नौ जनालाई विशेष सम्मान र २०७० सालमा एसएलसी परीक्षामा सफल सात जना उत्कृष्ठ विद्यार्थीलाई सम्मान समेत गरिएको छ । त्यस्तै विशिष्ट सदस्य नन्द प्रसाद तिवारीले वर्ष भरीनै २०७१ साललाई संस्थाको रजत वर्षका रुपमा मनाउन वर्ष भरिनै विविध कार्यक्रम राख्नु पर्नेमा जोड दिए । सभाबाटनै आगामी २ वर्षे कार्यकालका लागि केशवप्रसाद तिवारीको अध्यक्षतामा एघार जनाको नयाँ कार्यसमिति गठन समेत गरीएको छ । कार्यक्रममा स्वागत मन्तव्य सदस्य मिलन प्रसाद तिवारी र कार्यक्रमको सञ्चालन संस्थाका सचिव एंव रजत वर्ष २०७१ का संयोजक सुरेन्द्रवावु तिवारीले गरेका थिए ।

Post a Comment

 
Top