0
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीले २०औं विश्व आदिवासी दिवस यही साउन १७ गतेदेखि २४ गतेसम्म सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने भएको छ ।
कार्यक्रमलाई भव्यताका साथ मनाउने जातिय संस्था, संगठनहरुको बैठकले नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषदका कास्कीका अध्यक्ष  पानबहादुर घर्तीको संयोजक र सचिव पुर्ण ह्योल्मो सचिव रहेको १ सय १ सदस्यीय २० औं विश्व आदिवासी दिवस मूल समारोह समिति कास्की गठन गरेको छ । यसरी नै सप्ताह व्यापी कार्यक्रमलाई व्यवस्थित गर्नका लागि विभिन्न नौ उपसमिति गठन गरिएको फोनिज कास्कीका उपाध्यक्ष रुद्र श्रीसमगरले जानकारीदिए । आदिवासी जनजाति महासंघ कास्कीमा आवद्ध र सम्बद्ध संघ संस्थाहरुको अगुवाहरुको बुधवार सम्पन्न बैठकले बृहत रक्तदान, सरसफाई, अन्र्तक्रिया, तारा खेल प्रतियोगिता, मातृभाषा कविता गोष्ठी, मोटरसाइकल र्याली र झाँकी जुलुस सहित विशेष समारोह गरी सप्ताहव्यापी आदिवासी दिवस मनाउने कार्यक्रम तय गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत साउन १७ भुजेल सेवा समाज, कास्कीको आयोजनामा विहान ८ बजे सिर्जनाचोकमा बृहत रक्तदान, साउन १८ गते तमु धिं नेपालको आयोजनामा बिहान ७ बजेदेखि तमु ह्युलाचोक, पोखरामा बृहत सरसफाई, साउन १९ गते नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समिति, कास्की र राष्ट्रिय उच्च मावि समन्वय समितिको व्यवस्थापनमा राष्ट्रिय उच्च माविमा संघीय शिक्षा प्रणालीबारे अन्तरक्रिया, साउन २० गते नेपाल छन्त्याल संघ कास्की, थकाली सेवा समिति र तीनगाउँले थकाली सेवा समाजको आयोजनामा आदिवासी जनजातिको मौलिक खेल तारा खेलको प्रतियोगिता नेपाल छन्त्याल संघको भवन नदीपुरमा गर्ने निर्णय गरेको छ ।

Post a Comment

 
Top