0
चितवनमा व्यावसायिक तरकारीखेती गर्ने कृषकमध्ये ९० प्रतिशत कृषकले रासायनिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार चितवनका ताजा तरकारी तथा फलपूmलमा पनि विषादीको अवशेष भेटिएका छन् । कृषक सचेत हुँदाहँुदै पनि लापरवाहीका कारण यस्तो भएको सो कार्यालयका बाली संरक्षण अधिकृत कमलनाथ वाग्लेले बताए । रासायनिक विषादीको प्रयोगले मानव शरीरमा असर पर्ने हुदा कृषक सचेत हुनुपर्ने उनको भनाइ थियो ।   चितवनमा छ हजार २२५ हेक्टर क्षेत्रफलमा तरकारीखेती गरिँदै आएको छ । जसबाट वार्षिक ८४ हजार मेट्रिक टन तरकारी काठमाडाँै, पोखरा, वुटवल लगायतका सहरमा जाने गरेको कार्यालयले जनाएको छ । यसैबीच जैविक विषादीको आपूर्ति गर्नका लागि पूर्वी चितवनका कृषकले जिल्ला कृषि विकास कार्यालयसँग माग गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले हिजो भण्डारामा आयोजना गरेको चेतनामूलक कार्यक्रममा बोल्ने अधिकांश कृषकले जैविक विषादीको आपूर्ति गर्न माग गरेका हुन् । पूर्वी चितवनमा रहेका कृषकमध्ये ४० जनामा रासायनिक विषादीको असर भेटिएपछि उनीहरूले यस्तो माग गरेका हुन् ।

Post a Comment

 
Top