0

नेपाली साहित्यमा युवा पुस्ताकी चर्चित कवि मोमिलाको एकल कविता वाचन शुक्रबार पोखरामा सम्पन्न भयो । करिब दुई दशकदेखि ‘पैयुँ फुल्न थालेपछि’ कविता संग्रह प्रकाशन गरेपछि साहित्य क्षेत्रमा उदाएकी मोमिलाले  पोखरामा आयोजित कार्यक्रममा आफ्ना डेढ दर्जन कविता प्रस्तुत गरिन । पोखराको महेन्द्रपुलस्थित एक सभाहलमा खचाखच भरिएका साहित्यकार एवं साहित्यप्रेमीहरुको बीचमा उनले देशकै सन्दर्भमा, तिमी र म, एउटा लालीगुराँस हराएको बेला, दोमन प्रहरबाट, हिउँदको प्रथम वर्षादमा, सूर्य र समय, सत्यको कुनै छायाँ हुँदैन, नयाँ सोच्नु, उज्यालो र छायाँको उत्सवमय साँझ, कस्तो भूल प¥यो नि आमा ! लगायतका कविता प्रस्तुत गरेकी थिइन । उनको प्रस्तुतिको बीचमा पोखरेली युवा सांस्कृति परिवारकी अध्यक्ष सरस्वती प्रतिक्षाले मात्र एउटा हाँगा हाट्ने शीर्षकको कविता प्रस्तुत गरेकी थिइन । पोखरेली युवा सांस्कृतिक परिवार र ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालले मोमिलाको एकल कविता वाचन कार्यक्रमको चाँजोपँजो मिलाएको थियो । दुवै संस्थाका अध्यक्ष सरस्वती प्रतिक्षा र गनेस पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पोयुसापका दीपक समिपले गरेका थिए भने स्रष्टा परिचय प्राज्ञ तीर्थ श्रेष्ठले गराएका थिए । कार्यक्रम संचालन ¥याण्डमका सचिव उपेन्द्र पौडेलले गरेका थिए । त्यस अवसरमा बोल्दै वरिष्ठ साहित्यकार सरुभक्तले मोमिला समय अनुसार चल्न सक्ने सशक्त कवि भएको बताए ।  कविता लेखनमा अत्यन्त रुचि राख्ने मोमिला निबन्ध र साहित्यसंग सम्बन्धित विधामा पनि त्यत्तिकै कलम चलाउँछिन् । कविताको कुरा गर्दा उनले पछिल्लो पटक ‘सगरमाथाको नृत्यमग्न आत्मा’ पुस्तक प्रकाशन गरी झण्डै १५० कविहरुलाई एकै ठाउँमा उभ्याएकी छन् । २०२५ देखि २०४० को दशकसम्मका स्रष्टाहरु लाई पुस्तकमा समेटेर उनले सबै कविहरुका प्रतिनिधि कवितारु मार्फत आधुनिक कविताहरुको सिंगो प्रतिनिधित्व भएको संग्रह बनाएकी छन् । लेखनमा मात्र नभएर आवाज र अनुहारले पनि उनलाई अरुमाझ अझै चर्चामा ल्याएको मान्न सकिन्छ । पोखरामा आयोजित कार्यक्रममा पनि विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहनुले उनीप्रति सद्भाव र आकर्षण स्पष्ट हुन्छ । शनिबार बिहान पनि पोखरामा उनको भिमसेन थापाको सुसाइट नोटमाथि परिचर्चा हुँदैछ ।

Post a Comment

 
Top