0
पोखरा १७, बिरौटामा रहेको बालोदय उच्च माध्यामिक विद्यालयले नियमित अतिरिक्त कृयाकलाप अन्तर्गत बुधबार वर्ड पावर कन्टेष्ट प्रतियोगिता सम्पन्न गरेको छ । निम्न माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुको अन्तरसदनात्मक वर्ड पावर कन्टेष्ट सम्पन्न विद्यालयमा भएको थियो । प्रतियोगितामा विभिन्न सदनका १२ जना विद्याार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा क्रमश ः आइन्स्टाइन सदनका–लिलबहादुर पौडेल, उषा गुरुङ र सविता सुवेदी प्रथम, डार्विन सदनक–स्वीकार आचार्य, कृष्ण थापा र पुष्पा लामिछाने द्वितीय र न्युटन सदनका सरोज क्षेत्री, प्रनिशा क्षेत्री र गरिमा सापकोटा तृतीय हुन सफल भएका थिए । कार्यक्रम विद्यालयका संस्थापक प्राचार्य दुर्गादत्त पगेनीको सभापतित्व तथा विद्यालय प्रशासन प्रमुख कमलादेवी पगेनीको आतिथ्य र अतिरिक्त कृयाकलाप प्रमुख रामप्रसाद तिवारीको अनुगमनमा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top