0
विगतका वर्षमा जस्तै यस वर्ष पनि कास्कीको ढिकुरपोखरीमा तीज मेला हुने भएको छ । तीज मेला संचालन सम्बन्धमा मंगलवार ढिकुरपोखरी स्थित युवा क्लवहरुको छाता संगठन ढिकुरपोखरी युवा संजालका प्रतिनिधि एवं ढिकुर पोखरीका अन्य युवा तथा सरोकारवालाको एक भेला बसी मुल आयोजक समिति गठन गरिएको छ । मुल आयोजक समितिको संयोजकमा बिकास गुरुङ साथै सदस्यहरुमा श्रीभद्र पौडेल, प्रकाश गुरुङ, राजकुमार गुरुङ, युवराज गुरुङ, बिष्णु अधिकारी, चन्द्रमोहन सुबेदी, दिल जिसी र दिनेश विक रहेका छन् । त्यस्तै भेलाले विभिन्न पाँच उपसमिति पनि निर्माण गरेको छ । जसमध्ये अर्थ संकलन उपसमितिको संयोजकमा राजकुमार गुरुङ, खेल संयोजकमा नबराज श्रेष्ठ, मञ्च व्यवस्थापन तथा अतिथी सत्कार उपसमितिको संयोजकमा युवराज गुरुङ, पत्राचार तथा संचार उपसमितिको संयोजकमा चन्द्रमोहन सुबेदी र स्वयम्सेबक परिचालन उपसमितिको संयोजकमा दिपेश सुबेदी रहेका छन् । संजालले हरितालिका तीजको अवसरमा बिगत बर्षदेखि नै फुटबल, तीजगीत, रसाकसी  लगायतका प्रतियोगिता गदै आएकोमा यस बर्ष पनि सोही अनुसारका कार्यक्रमहरु सम्पन्न गर्ने तयारी गरिएको हो । संजालले मेला सम्पन्न गर्न सधाउन सबै सरोकारबाला निकायलाई आग्रह समेत गरेको छ ।

Post a Comment

 
Top