सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोक ९ पोखराले शनिवार घरदैलो कार्यक्रम सम्पन्न ग¥यो । केन्द्रका अध्यक्ष चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा पोउमनपा १५ स्थित नयाँगाउ,चोरसाँघु, जनशक्तिामार्ग आदि वडा एरियाहरुमा लागू औषध, चोरी डकैती, लुटपात, महिला हिँसा, गुण्डागर्दी, जस्ता विकृतीजन्य क्रियाकलापहरुलाई न्यूनिकरण गर्ने एवं सो स्थानका स्थानीयवासीहरुलाई यस्ता क्रियाकलापवाट सचेत गराउने उद्देश्यले सचेतनामूलक घरदैलो कार्यक्रम आयोजना गरिएको हो । सेवा केन्द्रका अध्यक्ष चिरञ्जीवि श्रेष्ठले यसरी दिनानुदिन बढ्दै गईरहेका चोरी, डकैती, लुटपात, महिला हिँसा, लागूऔषध जस्ता समाजमा विकृती फैलाउने यस्ता क्रियाकलापलाई समयमै नियन्त्रण गर्न नसके यसले एक दिन समाजमा मात्र नभई राष्ट्रमा समेत ठुलो समस्या निम्त्याउने र यसलाई नियन्त्रण एवं न्युनिकरण गर्नका लागि पुलिस प्रशासनले मात्र नभई यसको लागि युवा वर्ग, समाजका वद्धिजीवि वर्ग, विभिन्न संघ–संस्था र सरोकारवालाले पनि योगदान पु¥याउनुपर्ने आजको आवश्यकता रहेको बताए । कार्यक्रममा स्थानीय वासी एवं टोल विकाश संस्थाका अध्यक्ष पुष्पराज वास्तोलाले चोरसाँघु स्थित वडा एरियाहरुमा साँझपख युवायुवतीको विशेष जमघट हुने, लागू औषध सेवन गर्ने विभिन्न विकृती जन्य क्रियाकलाप गर्ने गरेको पाईएकोले त्यस्ता विकृतिलाई नियन्त्रण गर्न खोज्दा आँफूले विभिन्न किसिमका दुव्र्यवहार सहनु परेको बताइन । उक्त कार्यक्रममा यस संस्थाका कार्यसमिति, सहयोगी उप समिति, सामुदायिक प्रहरी कर्मचारी पृथ्वीचोक, व.प्र.का. रामवजारवाट खटिएको टोली स्थानीय वद्धिजीवि समेत गरी अन्दाजी ५० जना उपस्थिति रहेको थियो ।
Home
»
घटना दुर्घटना
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीद्वारा घरदैलो
Subscribe to:
Post Comments (Atom)
Post a Comment