0
गोल्डेन न्यूज संवाददाता
पोखरा ३ जेठ ।
टोलविकास संस्था वडा समन्वय समिति पोखरा–११ ले सोही वडामा रहेका विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरूका लागि आयोजना गरेको बैठक संचालन कार्यविधि, प्रभावकारी भाषण एवं उद्घोषण र लेखा व्यवस्थापन सम्बन्धी तालिम शनिबार सम्पन्न भयो । तालिममा वडास्थित विभिन्न टोल विकास संस्थाका अध्यक्षलगायत विभिन्न पदाधिकारीहरु गरि करिब ८० जनाको सहभागिता रहेको थियो । जसमध्ये महिलाहरुको संख्या करिब ५० र पुरुषहरुको संख्या करिब ३० रहेको थियो । तालिममा गोल्डेन न्यूज दैनिकको प्रकाशन संस्था सुनौलो पव्लिकेशन प्रालिका अध्यक्ष एवं सुनौलो एफएमका कार्यकारी निर्देशक गंगाधर पराजुली ले बैठक संचालन कार्यविधि र प्रभावकारी भाषण एवं उद्घोषण विषयमा तथा पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक पदम दवाडीले संस्थाको लेखा व्यवस्थापन विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले वडा स्तरमा रहेका विभिन्न संघसंस्थाको सवलीकरण र नगरवासीहरुको सशक्तिकरणका लागि पोखरा उपमहानगरपालिकाले आर्थिक एवं भौतिक सहयोग गर्दै आएको बताए । उनले पोखरा उपमहानगरपालिकाले विभिन्न टोल विकास संस्था एवं आमा समूह लगायतका विभिन्न संघसंस्थालाई दिने रकमको सही सदुपयोग गर्न सबैलाई अग्रह गरे ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, सहभागीको तर्फबाट शिक्षासेवी डाल्डादेवी भुजेल लगायतले आ–आफ्नो भनाई राखेका थिए । टोल विकास संस्था वडा समन्वय समिति वडा नं. ११ का अध्यक्ष तुलाराम भण्डारी, समितिका उपाध्यक्ष एवं हिमश्री टोल विकास संस्थाका अध्यक्ष रहेका प्रा. बाबुराम केसी र सचिव भीमदेव शर्माले टोल विकास संस्थाका पदाधिकारीहरुको नेतृतव विकास गर्न र स्थानीय स्तरको

Post a Comment

 
Top