0

काठमाडौं ३ जेठ ।(गोल्डेन)
पोखरेल कल्याणकारी समाज काठमाडौंले  आत्रेय गोत्र तथा भारद्वाज  गोत्र  पोखरेलहरुको वंशावली लेखनको लागि शनिबार राजधानीमा अनुसन्धान विचार गोष्ठिको आयोजना ग¥यो  । सो गोष्ठिमा पोखरेल समाज नेपालका अध्यक्ष डा. रामचन्द्र पोखरेलले पोखरेल वन्धुहरुको वंशावली लेखनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो गोष्ठिको डा. रामप्रसाद पोखरेल र श्रीमती शोभना पोखरेलले उदघाटन गरेका थिए । सो कार्यक्रममा वोल्दै राष्टिूय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले सामूहिका प्रयासका साथ विकास निर्माणको काममा लाग्नुपर्ने बताए । कार्यक्रममा डा. दामोदर पोखरेलले डा. रामचन्द्र पोखरेलले लेखेको पवन चाम्लिङ  व्यक्ति र कृति तथा नेपाली कवि र कृतित्व विवेचना कृतिको विमोचन गरेका थिए । सो कार्यक्रममा पोखरेल वंशावली लेखनको कार्यलाई अघि बढाउन डिल्लीराज पोखरेलको संयोजक,  माधव पोखरेल, काशीराम पोखरेल, ढुण्डीराज पोखरेल, चिरञ्जीवी पोखरेल, टंक पोखरेल, डीआर पोखरेल, राममणि पोखरेल, गणेश पोखरेल, भोलानाथ पोखरेल, डा. रामचन्द्र पोखरेल, फणिराज पोखरेल र पूण्यप्रसाद पोखरेल सदस्य रहेका छन् ।

Post a Comment

 
Top