0

गोल्डेन न्यूज संवाददाता
पोखरा ३ जेठ ।
नेपाली लेखक संघ कास्कीको नियमित कार्यक्रम अन्तर्गत शनिबार वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ सँगको साक्षात्कार कार्यक्रम सम्पन्न भयो । नेपालमा पानी रङ्गको कला र कार्टुन विधालाई सँगसँगै अगाडि बढाउँदै आएका वात्स्यायनले आफ्नो बाल्यकाल, कलायात्राका तीता मिठा अनुभव र अनुभूतिहरु प्रस्तुत गरेका थिए । 
कार्यक्रम नेपाली लेखक संघ कास्कीको स्रष्टा साक्षात्कार कार्यक्रमकोे दोस्रो श्रृङ्खला हो । यस अघि कवि तेजनाथ घिमिरेसँग साक्षत्कार कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पृथ्वीनारायण बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति डा. यमनाथ तिमिल्सिना, प्रा.डा. भवानी पाण्डे, सिर्जनशील कलाकार समूहका अध्यक्ष पदम घले, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष  सरस्वती प्रतिक्षा प्राज्ञ रमेश श्रेष्ठ, स्वतन्त्र पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, संस्थाका निवर्तमान अध्यक्ष डा. लक्ष्मीशरण अधिकारी र डा. कुसुमाकार न्यौपाने लगायतले कलाकार दुर्गा बरालको कलाकारिता र योगदानको विषयमा चर्चा गरेका थिए । लेखक संघ कास्कीका अध्यक्ष डा.नरहरि उपाध्याय गौतमले स्वागत  तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

Post a Comment

 
Top