0

गोल्डेन न्यूज संवाददाता
पोखरा २ जेठ ।
यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि.मा प्याथोलोजिष्ट डा. दिलाश्मा घर्तीमगर आवद्ध भएकी छिन् । गत मंसिरदेखि पूर्ण सञ्चालनमा आएको अन्तर्राष्ट्रिय स्तरको उक्त ल्याबोरेटरीमा डा. दिलाश्माले यहि यही बिहीबारदेखि उक्त संस्थामा आबद्ध भई प्राविधिक कार्य सम्पादन गर्न लागेको युआरएलका म्यानेजिङ डाइरेक्टर ठाकुरप्रसाद पन्तले जानकारी दिए ।
बिहीबार एक कार्यक्रमका बीच डा. दिलाश्मालाई युआरएल परिवारले स्वागत गरेको छ । अति सम्वेदनशिल रक्त परिक्षण सेवा सञ्चालन हुँदै आएको यूनाईटेड रेफरेन्स ल्याबोरेटोरीमा विदेश पठाई हप्तौ लगाएर परीक्षण गर्नु पर्ने सम्पूर्ण रक्त परीक्षण अव दिनको दुई पटक यही ल्याबबाट परिक्षण गरी रिपोर्ट तयार गर्न सकिने युआरएलका अध्यक्ष चेतबहादुर गुरुङले बताए ।
ल्याबोरेटरीले बिरामीको अवस्था हेरी आपत्तकालिन अवस्थामै रिपोर्ट चाहिएको खण्डमा परीक्षण अवधिको आधा घण्टादेखि एक घण्टा भित्र रिपोर्ट दिदै आएको डाइरेक्टर पन्तको दावी छ । उक्त ल्याबोरेटोरीमा क्यान्सर सम्बन्धी टयुमर मार्कर्सलगायत इन्फट्रिलीटी प्यानल, जीसिक्सपीडी, एन्टी–टीपीओ, एन्टी–सीसीपी, युरिनरि भीएमए, भिटामिन डीथ्री, भिटामिन बीटुवेल, इन्सुलिन, सी–पेक्टाइट, कट्रिसोल, आइरन प्रोफाइल जस्ता अति सम्वेदनशिल र जटिल रक्त परीक्षणको दिनको दई पटक रिपोर्ट दिने तरिकाले उक्त विश्वको सर्वोत्कृष्ट प्रविधिसहितको ल्याबरोटरी पोखरामा पहिलो पटक ल्याइएको हो ।

Post a Comment

 
Top