0

पोखरा २ जेठ ।(गोल्डेन)
पोखराको बुद्धचोकस्थित सोसल पव्लिक स्कुलमा अन्तर सदनात्मक वादविवाद प्रतियोगिता सम्पन्न भयो । माध्यमिक तहका विद्यार्थीहरुका लागि विद्यालय परिसरमा आयोजित यस प्रतियोगिता को शीर्षक “आधुनिक सञ्चार अभिशाप कि वरदान” भन्ने रहेको थियो । प्रत्येक सदनबाट ३÷३ जना गरी जम्मा १२ जना प्रतियोगीहरुको बीच भएको प्रतिस्पर्धामा सगरमाथा सदनका सौगात परियार प्रथम, अन्नपूर्ण सदनका रविता छन्त्याल द्वितीय तथा माछापुच्छ«े सदनका सुदिप मल्ल तृतीय भएका थिए । कार्यक्रममा विद्यालयका सह–प्राचार्य खिमबहादुर गुरुङले यस प्रकारको कार्यक्रमले विद्यार्थीहरुमा तार्किक अभिव्यक्ति कला र आत्मबलको विकास हुने र विद्यार्थीहरुले सिकेका कुनैपनि  विषयवस्तुलाई निर्धक्क भएर समुहमा प्रस्तुत गर्नमा मदत पुग्ने बताए । विद्यालयको वार्षिक कार्यतालिका अनुसार वर्षभरि नै यस्ता कार्यक्रमहरुमार्पmत विद्यार्थीहरुलाई अवसर उपलब्ध गराउने प्रतिबद्धता सकेत उनल जनाए  । कक्षा ९ की छात्रा बर्षा कटुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका सह–क्रियाकलाप संयोजक रोशन श्रेष्ठ, नेपाली विभागका प्रमुख यामलाल सुवेदी तथा सामाजिक शिक्षा विभागका प्रमुख रेशमलाल अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्र सञ्चालन छात्रा एलिजा थापाले गरेकी थिए । उक्त अवसरमा अन्य विद्यार्थीहरुले गीत, कविता तथा चुट्किलासमेत प्रस्तुत गरेका थिए ।

Post a Comment

 
Top