0

गोल्डेन न्यूज संवाददाता
पोखरा २ जेठ ।
पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले रामघाट क्षेत्रको विकास र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । पोखरा  १० स्थित भानुमार्ग टोल विकास समितिको प्रथम साधारणसभा उद्घाटन गर्दै उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पछाडिको भागमा पार्क निर्माण गरी हराभरा बनाउनु पर्नेमा जोड दिए । रामघाट क्षेत्र अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पछाडिको भागको सरसफाइ र अस्पताल हाताभित्रको फोहोरमैला व्यवस्थापनमा टोल विकास संस्थाले चालेको कदम सह्रानीय भएको र  यस कदमलाई सबैले सघाउनुपर्ने बताए । अधिकारीले आगामी दिनमा रामघाट क्षेत्रमा टोलविकास संस्थाहरुले गर्ने विभिन्न विकासका कामहरुमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
नगर परिषदले पोखराका टोलविकास संस्थाहरुलाई अझै क्रियाशिल बनाउनका लागि विभिन्न योजनाहरु ल्याएको उल्लेख गर्दै अधिकारीले विकास निर्माणका काममा सदैव सहयोग गर्ने बताए । टोल विकास संस्थाहरुको क्रियाशिलताकै कारण पोखरा नेपालकै उत्कृष्ट नगरपालिका घोषणा भएको उनको दावी थियो ।
कार्यक्रममा बोल्दै टोल बिकास संस्था समन्वय समिति वडा नम्बर १० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले वडा नम्बर १० भित्र रहेका टोल विकास संस्थाहरुले टोलको सरसफाईसंगै विभिन्न विकासका लिागि सक्रिय रहेको भन्दै थप विकासका कामहरु खानेपानी, नाला र सडक विस्तारमा सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै टोल बिकास समितिका उपाध्यक्ष खडग बहादुर गुरुङले भानुमार्ग टोल विकास समितिले टोल र रामघाट क्षेत्र आसपासमा थुप्रेका फोहोरमैला व्यवस्थापन गर्नुका साथै विभिन्न संघसंस्थाहरुसंग सहकार्य गरेर विकासका कामहरु गर्दै आइरहेको बताए । समितिको प्रत्येक गतिविधिमा नगरपालिकाले सहयोग गरिरहेको भन्दै उनले आगामी दिनमा टोलभित्र पर्ने सडक, खानेपानी र नाला निर्माणका लागि अझै सहयोगको अपेक्षा गरे । समितिका अध्यक्ष शारदा गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभाले  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पछाडिको भागमा फोहोर बढ्दै गएकाले त्यसक्षेत्रमा टोल विकास समितिको सक्रियतामा सरसफाइ गर्दै आएको र आगामी दिनमा त्यस ठाउँमा राखी पार्क निर्माण गरी हराभरा बनाउने निर्णय गरेको संस्थाका अध्यक्ष शारदा गौतमले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन ।

Post a Comment

 
Top