0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले वृद्धवृद्धालाई लत्ताकपडा तथा खाद्यान्न सामाग्री वितरण गरेको छ। केन्द्रको १४औं वार्षिकोत्सवको अवसर पारेर दिव्य धाम पर्वतमा रहेको मोदिवेनी बृद्धाश्रममा पुगेर लत्ता कपडा तथा खाद्यान्न सामाग्री वितरण गरेको हो। कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पादधिकारी, सदस्य, सल्लाहकार तथा साधारण सदस्यले वृद्धवृद्धालाई सामाग्री वितरण गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोदिवेनी बृद्धाश्रममा आश्रय लिएर वसेकी ज्येष्ठ सदस्य सावित्री माईले बृद्धाश्रममा नै आएर सहयोग गरेकोमा धन्यवाद दिईन। ‘उति टाढाबाट आएर हामीलाई सहयोग गर्नुभयो तपाईहरुलाई भगवानले सधै आटेताकेको पुरा गरुन्’–उनले भनिन्–‘तपाईहरु यहाँ आएर सहयोगल गर्दा हामीलाई आफ्नै परिवार पाए जस्तो भएको छ।’ यस्तै सहयोगिहरुकै कारण आफूहरुलाई वाच्ने आधार भएको उनले बताईन्। कार्यक्रममा वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले समाजको विकृति विसंगति सँगै न्यूनिकरण सगै सामाजिक कार्यमा पनि संलग्नता देखाएर केन्द्रले उदाहरणीय कार्य गरेको उल्लेख गरे।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरका निर्वतमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठले हरेक वार्षिकोत्सवमा केन्द्रले सामाजिक कार्य गर्दै आएको बताए। कार्यक्रममा नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष गोपाल दास पौडेलले मनकारीको सहयोगले नै संस्था सञ्चालन भएको जानकारी दिए। सामुदायिक सेवा केन्द्र पर्वतकी संस्थापक सदस्य सरस्वती शर्मा ‘जिज्ञासु’ले सामुदायिक सेवा केन्द्र वगरले यहाँ आएर गरेको सहयोग प्रशंशनीय रहेको उल्लेख गरिन्। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनपति भण्डारीले स्वागत र सहसचिव वसन्त बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए। बृद्धाश्रममा १५ जना वृद्धवृद्धा रहेका छन्।





Post a Comment

 
Top