0
माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरपालिकाका विभिन्न वडाहरुका अधिवेशनलाई तिर्वता दिएको छ । यसैक्रममा शनिवार वडा नं १३ र २२ को प्रथम वडा अधिवेशन सम्पन्न भएका छन् । वडा नं १३ मा तिलक वहादुर गुरुङको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।  कमिटीको उपाध्यक्षमा देवराज पौडेल, सचिव चित्रवहादुर विक, कोषाध्यक्ष महमद फारुप तथा शान्ति रानाभाट सहसचिव रहेका छन्। सदस्यहरुमा सविता पौडेल, सत्या खनाल, मंगलवहादुर नेपाली, दिववहादुर विक, सकुन्तला परियार, गीता बराल, ईन्द्रराज बराल, वसन्त बराल, राजु बराल, खिमवहादुर भुजेल,आसमा खातुन, शिव सुनार, प्रविण विक, अमृता विक,नवराज बराल, विक्रम सुनार, टीका बराल, मुना थापा र सुरज गुरुङ छन् । अधिवेशनले विरजंग गुरुङको अध्यक्षतामा ९ सदस्सिय सल्लाहकार समिति समेत गठन गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि पार्टी पोलिटव्युरो सदस्य लोकवहादुर थापाले माओवादीको पक्षमा देशभर जनलहर देखिएकोले आगामि चुनावमा माओवादीको जित सुनिश्चित रहेका बताए । कार्यक्रममा पार्टी जिल्ला ईन्चार्ज राजकाजी तमु(करण), केन्द्रिय सदस्हरु मिन तमु, सोमती तमु, सरोज बराल,  क्षेत्र नं २ का गायत्री तमु, प्राध्यापक तारा बराल, जिल्ला सदस्य गोविन्द घिमिरे, देवराज पौडेल, चित्र विक, विरजंग गुरुङ लगायतले बोलेका थिए । 

त्यसैगरि पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ पुम्दीभुम्दीको पहिलो वडा अधिवेशनले नवराज बरालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा गोमा पौडेल, सचिव कृष्णप्रसाद बराल, कोषाध्यक्ष कमला बराल र सहसचिव नरवहादुर खड्का छन् । सदस्यहरुमा प्रसाद गुरुङ, कल्पना रसाईली, उदयवहादुर खत्री, केशववहादुर थापा, नारायणवहादुर खड्का, रामजी पौडेल, महेन्द्रराज वास्तोला, निर्मलवहादुर भुजेल, कल्पना बराल, राजेन्द्रप्रसाद बराल, धुव्र पौडेल, सीता विक, झ्यापवहादुर विक, दलवहादुर विक, प्रेमकुमारी परियार, ईश्वरी लामिछाने, हरिराम पौडेल, राजकुमार गुरुङ र हेमराज बराल छन । अधिवेशनले भुवानीप्रसाद बरालको संयोजकत्वमा हरिभक्त सुवेदी र मिनवहादुर बराल सदस्य रहेको ३ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरेको छ ।









Post a Comment

 
Top