0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेखनाथ महानगरपालिका वडा नं. १५ मा नेपाली कांग्रेसले ८ वटा इलाका गठन गरि स्थानीय तहको चुनावी अभियानलाई अघि बढाएको छ । यसैक्रममा शनिबार इलाका नं. ८ को पटनेरीमा कार्यकर्ता जागरण अभियानसंगै इलाका समिति समेत गठन गरिएको छ । इलाका समितिको अध्यक्षमा ओमबहादुर गुरुङ, उपाध्यक्षमा ठउबहादु गुरुङ, सचिवमा लालबहादुर गुरुङ, सह–सचिवमा रुकमाया गुरुङ, कोषाध्यक्षमा करिश्मा गुरुङ, सह–कोषाध्यक्षमा कुमारी गुरुङ र  सदस्यहरुमा जीवन गुरुङ, ओमबहादुर गुरुङ, डम्बर गुरुङ, विशन पुन, नरबहादुर पुन, खगिसरा गुरुङ, यामलाल बुढाथोकी र गोरे कुमाल रहेका छन् ।  भेलामा बोल्दै सांसद शारदा पौडेलले अन्य पार्टीका नेताहरुले चुनावमा आश्वासन दिएपनि काम नगर्ने गरेको तर कांग्रेसले बोलेको कुरा पूरा गर्ने बताइन ।  कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधि ऋषिराम काफ्ले, तीर्थकुमारी गुरुङ,  कांग्रेसका युवा नेता गंगाधर पराजुली, कांग्रेस नेतृ खेमकुमारी बराल, जिल्ला सदस्य अम्विका पराजुली, वडा सभापति टोपबहादुर थापा, प्रेस युनियनका अध्यक्ष शिरोमणि बराल, नेता भीमबहादुर गुरुङ, भेषराज गौतम, राजेन्द्र पराजुली, यामप्रसाद श्रेष्ठ, गीता भण्डारी, विष्णुदेवी आचार्य, केमबहादुर गुरुङ, सत्मान सदाशंकर, मदन गिरी र ओमबहादुर लगायतले आ–आफ्नो भनाइ राखेका थिए। उक्त इलाका माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिएकोले अन्य पार्टीका नेता कार्यकर्ताहरु त्यस क्षेत्रमा अघिल्लो निर्वाचनमा मत माग्न समेत गएका थिएनन् ।








Post a Comment

 
Top