0
गोल्डेन न्यूज संवाददाता
नयाँ शक्ति नेपाल कास्कीले क्षेत्रिय निर्वाचन कार्यालय पोखरामा धर्ना दिएको छ । स्थानीय तहको निर्वाचनमा संसदबाहिर रहेका दलहरु पनि चुनाव चिन्ह दिन माग गर्दै कार्यालयमा धर्ना दिएको हो । आयोगले चुनाव चिन्ह दिन कन्जुस्याइँ गरेका कारण आन्दोलनमा उत्रिनु परेको परिषद् सदस्य भानु अधिकारीले जानकारी दिए ।  उनले आइतबार २ घण्टा धर्ना दिएको बताए । मागपुरा नभए सम्म आन्दोलन जारी राख्ने बताए । निर्वाचन कार्यालयको गेटमा विरोधको व्यानर टाँगेर गेट अगाडि बसेर धर्ना दिएका थिए । राजनीतिक रुपमा ठूला दलहरुको सिण्डिकेटलाई बढवा दिने प्रवृत्ति आयोगले प्रदर्शन गरेको उनीहरुको आरोप छ । दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले आन्दोलनमा छन् ।


Post a Comment

 
Top