0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा मुनालको शनिबार सम्पन्न साधारण सभाले आगामी लायन वर्ष २०१७÷१८ का लागि रोशन महर्जनको नेतृत्वमा नयाँं कार्यसमिति चयन गरेको छ । क्लवका अध्यक्ष ज्ञानेन्द्रराज कोइरालाको अध्यक्षतामा भएको भेलाले प्रथम, द्वितीय, तृतीय उपाध्यक्षमा क्रमशः जितेन्द्रमान शाक्य र कृष्णप्रसाद तिमिल्सिना र भरत मानन्धलाई चयन गरेको छ।  क्लवको सचिवमा पुरुषोत्तम पहारी, कोषाध्यक्षमा निर्मल पहारी, रिपोर्टिङ्ग अफिसरमा तेज नारायण पराजुली, मेम्वरसिप चियरपर्सनमा राम थापा, सह–सचिवमा राम बहादुर कार्की (अशोक), सह–कोषाध्यक्षमा केशव बराल, टेमरमा अनन्तराज आचार्य, टेल ट्वीष्टरमा दिपक गुरुङ्ग, पिआरओ यम बहादुर क्षेत्री, निर्देशकहरुमा क्रमशः हरिकृष्ण पहारी, जगन तिमिल्सिना, धर्मवहादुर लामिछाने, डा. निरज रञ्जित र पूर्णभद्र अधिकारी र रामेश्वर बराललाई चयन गरेको छ । कार्यक्रममा रिजन चियरपर्सन तेज नारायण पराजुलीले विभिन्न पदहरुको दायित्व वारेमा प्रकाश पारेका थिए भने निवर्तमान अध्यक्ष एवं मतदान अधिकृत गुणाखर सुवेदीले नवनिर्वाचित कार्यसमिति को कर्तव्यका वारेमा प्रकाश पार्दै तथा उनीहरुलाई बधाइ ज्ञापन गरेका थिए भने कार्यक्रम संचालन सचिव पुरुषोत्तम पहारीले गरेका थिए ।

Post a Comment

 
Top