0
गोल्डेन न्यूज संवाददाता
पोखराका अग्रज यातायात व्यवसायीहरु केशवप्रसाद अधिकारी र ध्रुवबहादुर थापा ‘विशेष सेवा सम्मान’ बाट सम्मानित भएका छन् । पर्यटन, यातायात तथा समाजसेवाका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै फोकस नेपाल संस्थाले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि विज्ञान तथा प्रविधि मन्त्री प्रेम बहादुर सिंहले अधिकारी र थापालाई सम्मान पत्र र खादाले सम्मानित गरेका हुन् । अधिकारी पोखरा जगदम्बा प्रालि र मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रालिको अध्यक्ष लगायत विभिन्न व्यावसायिक तथा सामाजिक संघ–संस्थामा आबद्ध छन् । उनी पृथ्वी राजमार्ग बस सञ्चालक समितिको संरक्षकसमेत हुन् । थापा हिमालय अर्गनाइजेसन पोखराको अध्यक्ष लगायत अन्य विभिन्न व्यावसायिक संघसंस्थासँगै सामाजिक क्षेत्रमा क्रियाशील छन् । थापा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका निवर्तमान डिष्ट्रिक्ट गर्भनर तथा नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएशनका वर्तमान केन्द्रीय उपाध्यक्ष पनि हुन् ।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न आर्थिक, पर्यटन, अटोमोबाइल्स, सेवामुलक, तथा सामाजिक संघसंस्थामार्फत आर्थिक तथा पर्यटन क्षेत्रको विकास, राष्ट्र विकास र सामाजिक सेवामा पु¥याएको योगदान प्रशंसनीय र अतुलनीय छ,’ सम्मानपत्रमा लेखिएको छ । सम्मानपत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर भएपनि उनी विशेष कारणले कार्यक्रममा सहभागी हुन सकेनन् । सम्मानले सामाजिक तथा व्यावसायिक क्षेत्रमा थप क्रियाशील बन्न प्रेरणा मिलेको सम्मानित द्वयले बताए । उक्त अवसरमा अन्य विभिन्न व्यक्तिहरु पनि सम्मानित भएका छन् ।

Post a Comment

 
Top