0
गोल्डेन न्यूज संवाददाता
मधेशी मोर्चाको असहमतिका कारण आशन्न स्थानीय तहको निर्वाचन हुने÷नहुनेकाबीच अन्यौलता रहेकै बेला नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले भने चुनावी खारेजी अभियानलाई तीब्रता दिईरहेको छ ।  एकीकृत जनजागरण एवं प्रतिरोध अभियानसहित अघि बढेका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले कास्की जिल्लाका विभिन्न स्थानहरुमा कोणसभा एवं भेटघाट कार्यक्रम गरिरहेका छन् भने रातदिन केही नभनी चोक, गल्ली तथा विभिन्न ग्रामीण इलाकाहरुमा समेत चुनाव खारेजीको माग गर्दै भित्तेलेखन, पोष्टरिङ, पर्चा–पम्प्लेट वितरण पनि गरिरहेका छन् ।  यसैबीच नेपाल कम्युनिष्ट पार्टी कास्कीले एकीकृत जनजागरण एवं प्रतिरोध अभियान अन्तरगत लेखनाथ नगरपालिकाको खुदी, पावरहाउस, र जनताको चौतारामा जनसभा गरेको छ । स्थानीय जनताको व्यापक सहभागितामा जनताको चौतारामा भएको उक्त जनसभालाइ नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटर्री जगन तिवारी “जगनबा”ले आसन्न स्थानीय तहको चुनावले गरीब, किसान, मजदूर र उत्पीडित वर्ग तथा सर्वहारावर्गको जीवनस्तरमा ठोस परिवर्तन नल्याउने हुनाले आसन्न स्थानीय तहको चुनावको औचित्य नरहेको बताए । उनले विगतका चुनावहरुमा जनतालाई विभिन्न वाचा गरेर चुनाव जितेका राजनीतिक पार्टीका नेताहरुले जनताको पक्षमा कुनै काम गर्न नसकेको यथार्थता प्रस्तुत गर्दै उनले जनतालाई ढाँटेर चुनाव जितेकाहरु जनताको सेवामा भन्दा पनि भ्रष्टाचार, कुरीति र बेथितिको दलदलमा फँसेको आरोप लगाए । कास्की जिलला जनसरकार प्रमुख समेत रहेका जगनबाले जनताको सत्ता प्राप्त नभएसम्म जनताको पक्षमा काम हसन नसक्ने भएकाले जनताको अधिकार सुनिश्चित गर्न नसक्ने आशन्न स्थानीय तहको चुनाव खारेज गर्दै वहिष्कार गर्न आम नेपाली जनतालाई आव्हान गरे । कम्युनष्टि पार्टीको चुनाव खारेजी अभियान अन्तरगत सराङकोट, पोखरा–२, को लाल्टिन बजार, लाहाचोक, घाचोक, शार्दीखोला, माछापुच्छ्रे, लगायतका गाविसहरुमा सम्पन्न भैसकेको छ ।







Post a Comment

 
Top