0
पोखराको सडक र सडक छेउ गाडेका खम्बाहरुमा लेखिएको चाइनिज र अंग्रेजीमा अक्षरमा लेखिएको छ । शायद कमैले मात्र हेर्नु भएको छ र बुझ्ने प्रयास गुर्न भएको छ । त्यसो हो भने चाइनिज अक्षर संगै लेखिएको अंग्रेजी अक्षर पनि बुभ्नु हुन्छ होला । जहाँ लेखिएको छ ‘तिब्बत, अटोनोमस रिजन चाइना’ यसको अर्थ हो तिब्बत चाइनाको स्वशासित क्षेत्र । तिब्बतको कुनै सहर हो यो र त्यही सहरमा भएका खम्बामा यो शब्द लेखिएको होला ठान्नु भएको छ भने तपाइँ गलत साबित हुनुहुनेछ ।  किन भने जहा यी खम्बाहरु गाडिएको छ न यो तिब्बत हो नत चाइनाको स्वशासित क्षेत्रनै हो । यो त हाम्रो देशको पर्यटकीय नगरी पोखराको दृश्य हो । तर हाम्रो देशमा किन तिब्बत चिनको स्वशासित क्षेत्र भन्दै तिब्बत को कुनै भूभाग जसरी प्रचार–प्रसार गरिएको होला । यो प्रश्न आम जनताको पनि छ । यी खम्बाहरु सोलार बत्तीका हुन् । पोखरालाई रातिमा पनि झिलिमिली पार्ने भन्दै चीन सरकारको सहयोगमा पोखरा लेखनाथ महानगरपालिकाले यी सोलार बत्ति जडान गरेको हो । हो यो विकासे काम प्रशंसा योग्य नै छ तर खम्बामा लेखिएको ती शब्दले भने अर्कै अर्थ पनि दिन खोजेको जस्तो भान भएको छ । अझ त्यसमा पनि पोखरा आउने विदेशी पर्यटकले ती शब्द पढ्यो भने त्यसले कस्तो बुझ्छ होला ।यति गम्भीर कुरा किन ख्याल गर्नु भएन भनेर हामीले पोखरा लेखनाथ महानगरपालिकाका इन्जिनियर ध्रुव भट्टराईले केहि दिनमा पोखरालाई हस्तान्तरण हुने त्यसपछि मिलाउने बताए । हो इन्जिनियर भट्टराईले भने जस्तै यी खम्बामा कि सौजन्य भनेर लेखिनु पथ्र्याे किन चाइनामा बनेको भनेर लेखिएको हुनुपथ्र्याे तर लेखिएको छ अर्कै शब्द । हामीले महानगरको ध्यान आकर्षित गरेपछि यो कुरा सुधार्छ भन्ने हाम्रो विश्वास हो ।चीन सरकारको सहयोगमा पोखरामा १ हजार वटा सडक सोलार बत्ति जडान गरिएको छ । हल्लन चोकदेखि विजयपुर, मुस्ताङ्ग चोकदेखि पालिखेचोक, महेन्द्र पुलबाट हस्पिटल हुँदै अमरसिंह चोक र बुद्ध चोकदेखि वन क्याम्पस सम्मको सडक अब रातिमा पनि झिलिमिलि हुने छ । यो योजना करिब १५ करोडको हो । तर त्यति राम्रो योजना खम्बामा लेखिएका केहि शब्दले गर्दा आम जनताको मन भने खल्लो बनाइदिएको छ ।
सुमन ढुंगाना÷गन्थन डटकम



Post a Comment

 
Top