0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद तमुले पहिचान, साझा राज्य र स्वाभिमानका लागि तमुवान स्वायत्त प्रदेश आवश्यक रहेको भन्दै स्वाभिमान राज्यका लागि तमुवान स्वायत्तताको मागलाई कसैले नकरात्मक दृष्टिले हेर्नु नपर्ने बताएका छन्। तमुवान स्वायत्तताका लागि एकताबद्ध आन्दोलन जरुरी रहेकोमा जोड दिंदै उनले राज्यको सबै तह र अंगमा समानुपातिक प्रतिनिधीत्व गराउन, आदिभूमिमाथि अतिक्रमण रोक्न, अधिकार रक्षा र सबैको सहभागिताका लागि तमुवान आवाश्यक रहेको स्पष्ट पारे । तमु Þयुलाचोक प्रतिस्थापन गरेको तमु र तमुस्योको मुर्ति अनावरण गर्दै पूर्व मन्त्री समेत रहेका तमुले जारी संविधानमा तमुवान, स्वायत्तता, संरक्षण क्षेत्रको अधिकार उल्ेख नभए पनि केन्द्रको अधिकार स्थानियमा हस्तान्तरण हुने भएकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि आन्दोलन आवश्यक रहेको बताए । उनले प्राप्त अधिकारलाई आफ्नो पक्षमा उपयोग गर्न स्थानिय तह निर्वाचनमा जित्ने गरी सबै जुट्नु पर्नेमा जोड दिए । 
तमु ह्युलाचोक स्थापना, तमु तमुस्योको मूर्ति प्रतिस्थापन अनावरणसँगै चोक र मुर्तिको संरक्षण सम्बद्र्धन तथा नमुनाको रुपमा विकास गर्न जरुरी रहेको भन्दै नेता तमुले तमु ह्युला चोक तमुहरुको सँस्कृति, पहिचान र अधिकारको चोक भएको बताए ।  तमुहरुको एकतामा नै बल हुने भन्दै उनले तमुवानको राजधानी पोखरालाई केन्द्र विन्दु बनाएर तमुहरुको एकता अनिवार्यता भएको स्पष्ट पारे ।  पूर्व सभासद राजकाजी तमु करणले शासन प्रणालीमा सबैको सम्मानजनक उपस्थिति, राष्ट्रियताहरुको सम्मान आवश्यक रहेको भन्दै समथर भूमि मधेशलाई हाम्रो हो भन्ने मधेशीलाई विहारी देख्ने प्रवृत्ति राम्रो नभएको बताए । माओवादीले नै तमुवानको आन्दोलनको शुरुवात गरेको हो तर पनि माओवादीको केही कमजोरीहरुमा जनताबाट झापड हानेपनि तमुवान मुद्धा अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे । माओवादी सरकारको उपहार धेरै होइन लोडसेडिङ मुक्त र आर्थिक बृद्धि दरलाई मात्रै सम्झे पनि काफी हुने भन्दै उनले तमुहरु निर्वाचनमा एकताबद्ध अघि बढ्नुपर्नेमा जोड दिए ।  तमु धिं नेपालका द्वितीय उपाध्यक्ष हुमबहादुर तमुले संविधानमा तमु लगायत आदिवासी जनजातिको अधिकार सुनिश्चित हुने गरी संशोधन गर्नुपर्ने माग राख्नुहुदै अधिकार सुनिश्चित पछिको निर्वाचनमा विभेदमा पारिएकाहरु एकताबद्ध भई उमेदवारी दिनुपर्नेमा जोड दिए ।  पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले ट्होटें साँस्कृतिक हस्तान्तरण पर्व भएको भन्दै तमु ह्युलाचोकका मुर्ति अनावरणले खुशीयाली होइन उक्त चोकलाई नमुना चोकको रुपमा विकास गरी विरोध गर्नेहरुलाई पछुताउने वातावरण बनाउनुपर्नेमा जोड दिए । 

नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीका अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोले अब गाउँमा पनि सँस्कृति संरक्षण अभियान शुरु गर्नुपर्ने बताए । जनसम्पर्क समिति बेलायत लण्डनका अध्यक्ष समाजसेवी भोजप्रसाद तमुले तमुहरुको एकता, विभेद विरुद्ध संघर्षका साथै निर्वाचनमा पार्टी होइन तमुहरुको एकमत जरुरी रहेको बताए ।  कार्यक्रममा तमु तमुस्यो मुर्ति निर्माण समिति र प्रतिस्थापन एवं अनावरणमा विशेष योगदान दिने महानुभाव र संघ–संस्था, ट्होटें पर्वमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।  ट्होटे ¥यालीमा कोल्माबहाकोट तमु समाज सर्वोत्कृष्ट र भेषभूषामा बगर तमु समाज, झाकीमा फूलवारी तमु समाज, बाजागाजामा बाँझापाटन तमु समाज, सहभागितामा ब्रेजमेश्रो घान्द्रुक तमु समाज र युवा सहभागितामा दीप तमु समाज उत्कृष्ट बन्दे पुरस्कत भए । यस्तै मिरुवा, भिमकालीपाटन, नौलो सम्झना, तमु सहयोग समिति पार्दी, जोगीमणी, अर्घौ तमु समाज र जनकल्याण तमु समाज सान्त्वना हुदै पुरस्कृत भएभने घाँटु प्रस्तुतिका लागि आँधीखोला तमु समाजलाई विशेष सम्मान गरिएको थियो ।  कार्यक्रममा आँधीखोला तमु समाज र काल्माबहाकोट तमु समाजले झोरा प्रस्तुत गरेको थियो भने गायिका रोशनी तमुले प्रस्तुतिले सहभागीहरुलाई नचाएका थिए ।  तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ट्होटें संयोजक मेनकाजी तमुले स्वागत, महासचिव गिरीप्रसाद तमु र सह–सचिव दुर्गाबहादुर तमुले कार्यक्रम संचालन गरेका थिए ।






Post a Comment

 
Top