0
गोल्डेन न्यूज संवाददाता
कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र कान्तिपुर होटल टे«निङ सेन्टर पोखराबाट अध्ययन पुरा गरेका विद्यार्थीहरु दीक्षित भएका छन् । आइतबार  आयोजित एक कार्यक्रमका बीच एक वर्षे डिप्लोमा उत्तीर्ण गरेका र होटल ट्रेनिङ लिएका १२५ जना विद्यार्थीलाई दीक्षित भएका हुन् । विद्यार्थीलाई कलेजको तर्फबाट सर्टिफिकेट सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै पोखरा विश्व विद्यालय स्वास्थ्य विज्ञान विभागका डीन डा. खेमराज जोशीले शिपमूलक शिक्षा अध्ययन गरेको विद्यार्थी कहिल्यै बेरोजगार बस्नु नपर्ने भन्दै होटल तथा सेवा क्षेत्रमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीको माग उच्च रहेको बताए । कलेजका संस्थापक अध्यक्ष विजय पौडेलले कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा विद्यार्थीको आकर्षण बढ्दै गएको बताए । कलेजमा विद्यार्थीको आकर्षण बढेको छ,’ उनले भने,–‘होटल म्यानेजमेन्ट विषयको डिप्लोमा लेबलका विभिन्न कार्यक्रहरु सञ्चालन भइरहेका छन् ।’ सिटिइभिटी, युरोपियन टेक्निकल एण्ड भोकेसनल एकेडेमी र लिंकन युनिभर्सिटीद्वारा सम्बन्धन प्राप्त कलेजमा अहिले २ सय जना विद्यार्थी अध्ययनरत रहेको संस्थापक अध्यक्ष पौडेलले बताए । कलेजका संरक्षक शोभित पौडेलले होटल म्यानेजमेन्ट विषयको सैद्धान्तिक तथा व्यवहारिक दुवै ज्ञान विद्यार्थीलाई दिइने बताए ।  कलेजका प्रोग्राम कोर्डिनटेर ज्ञानेन्द्र पौडेलले विदेशी अनुभवी प्राध्यापकहरुद्वारा अध्यापनको व्यवस्था मिलाइएको यो कलेजमा बिहान ८ बजेबाट साँझ ५ बजेसम्म अध्ययन गराइने बताए । कलेमा विद्यार्थीलार्ई कलेजमै बिहानको खाजा, खाना र दिउसोको खाजा तथा आवासको सुविधा उपलब्ध हुने बताइन्छ । कुलिनरी डाइरेक्टर तथा प्रिन्सिपल सेफ राम कोडान्डाले कलेजमा अध्ययन गरेका विद्यार्थीलाई स्वदेश तथा विदेशमा शतप्रतिशत रोजगारीको ग्यारेन्टी गरिएको  जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष विमला भण्डारी, होटल पोखरा ग्राण्डका महाप्रबन्धक रोशन खवास, सफल मिडिया हाउसका अध्यक्ष दुर्गाप्रसाद हुमागाई, नवदीप बोर्डिङ स्कुलका सञ्चालक मगनलाल श्रेष्ठ, टुकी रिसोर्टका प्रबन्धक ध्रुव शर्मा, पत्रकार भरत कोइराला, सुरेन्द्र पौडेल, दिपक पौडेललगायतले कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका गतिविधिको प्रशसा गर्दै कलेज नेपालकै उत्कृष्ट कलेज बन्न सकोस भन्दै शुभेच्छा प्रकट गरेका थिए ।







Post a Comment

 
Top