0
नेपाली लोक दोहोरी क्षेत्रमा वर्ष २०७३ मध्यम रह्यो । वर्षको सुरुवातबाट नै लोकदोहोरी कलाकारलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला, अञ्चल र केन्द्रसम्म नेतृत्वमा पुग्ने दौडधूप सुरु भयो । फलस्वरुप जिल्ला अञ्चल र केन्द्रमा नयाँ नेतृत्व यो वर्षमा दोहोरी क्षेत्रले पायो । जस अनुसार प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्षमा वद्री पंगेनीले बाजी मारे । तर जिल्ला देखि केन्द्रसम्म भएका अधिवेशनले लोक दोहोरी कलाकारलाई विभिन्न समूह, गुट, उपगुटमा विभाजित गरायो । लोक दोहोरी क्षेत्रमा राजनीतिक प्रभाव देखियो । कतिपय ठाउँमा नेतृत्वमा पुग्न दोहोरी कलाकारले देखिनेगरी राजनीति गरे । यसले कलाकारलाई विभाजित पनि ग¥यो । बाहिर बाहिर राजनीति छिराउन हुन्न भन्ने र भित्र विभिन्न राजनीति दलमा आवद्ध हुनेक्रम भने चलिरह्यो । केहि कलाकार आफ्नो सर्मथन हुने राजनीतिक दलका कार्यक्रममा खुलेरै कलाकार देखिए । लोक गायिका कोमल ओली विधिवत रुपमा राप्रपा प्रवेश गरिन् । उनी अहिले केन्द्रिय सदस्य बनेकी छन् । यता राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पराजित भएपछि नेपाली काँग्रेस पार्टी निकट कलाकारले नयाँ समुह जन्माए । संस्थागत महत्व बुझ्दै धेरै युवा कलाकारको लोकदोहोरी गीत प्रतिष्ठानमा आवद्धता रह्यो ।  
नेपाली काँग्रेस छोडेर माओवादी केन्द्रमा रहेका लोकदोहोरी कलाकार कृष्ण देवकोटा पुनः नेपाली काँग्रेसमा फर्किए । प्रतिष्ठानकै केन्द्रिय अध्यक्ष वद्रि पंगेनी एमालेको कार्यक्रममा गीत गाउन पुगे । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दलका कार्यक्रममा सहभागिता जनाउने र विभिन्न राजनीतिक दलका भातृ तथा शुभेच्छुक संस्थाको रुपमा साँस्कृतिक संघ–संगठनमा आवद्ध रहेर खुलेरै राजनीति गरिरहेका छन् । पार्टी परिवर्तन गर्ने क्रम र खुलेरै पार्टीको प्रचारमा लाग्ने क्रम बढ्दै गयो । 

यो वर्ष दोहोरी क्षेत्रमा सम्झनलायक गीत खासै आउन सकेनन् । एल्बम बजारमा आउने र विक्रि हुने क्रम लगभग ठप्प नै देखियो । गीतको भिडियो बनाएर युटुव मार्फत सार्वजनिक गर्दै चर्चामा आउने प्रयास भइ नै रहे । यसले म्यूजिक भिडियो निर्माणमा व्यापकता पायो । लोक संस्कृतिलाई भुल्दै केहि गीत पैसा कमाउने उद्देश्यलेमात्र बजारमा आए । म्युजिक भिडियोमार्फत चर्चामा आउने प्रयास गरिए । भिडियोको कारण पुष्कल शर्मा विवादमा आए ।  उनले आफ्नो गीत ‘मलामी’ मा दर्शककको ध्यान खिच्न आफू मरेको अभिनय गरे । दर्शक झुक्किए । म्युजिक भिडियो रिलिज भएको केहि समयमानै उनको साच्चिकै निधन भएको भन्दै समवेदना आए । यो भिडियोको बारेमा चौतर्फी आलोचना भयो । स्थापित कलाकार समेतलाई राखेर बनाइएको वास्तविक जस्तो लाग्ने यो भिडियोका कारण यहि वर्ष पुष्कल शर्मा ‘म मरेको छैन’ भन्दै गीत निकाल्नुप¥यो । 
गीतमा अंग प्रदर्शन गर्दै विभिन्न स्टाटस लेख्दै दर्शकलाई हेर्न बाध्य पार्ने प्रयास भइ रहे ।  यो वर्ष आएका म्युजिक भिडियोमा ज्योती मगर, पार्वती राई, बिमल अधिकारी, शंकर विसी, दुर्गेष कार्की करिष्मा ढकाल, आशा खड्का लगायतका मोडल चर्चामा रहे । ज्योती मगर वर्षभरिनै आफ्ना विभिन्न हर्कतले मिडियामा छाहिरहिन् । उनले लोकदोहोरी गीतमा विकृति भित्र्याएको भन्ने आरोप गरिएपनि म्युजिक भिडियो तथा विभिन्न कार्यक्रममा उनको व्यस्ततालाई झनै बढायो । नवोदित कलाकारको अलावा केही पुराना कलाकारले समेत यो वर्ष एल्बम निकालेर निरन्तरता दिने प्रयास भने गरे । यो वर्ष खुमन थापा र सुस्मिता घर्तीको सारंगीको धुन, राजेन्द्र कँडेल र पूर्णकला विसीको क्यारि भुल्न सक्छु, रामजी खाँड र मैना रेश्मी मगरको बोली सुन्न मन छ, कुलेन्द्र विक, पूर्णकला विसी र धु्रव शर्माको लुग लुग जाडो बनायो, लोक विश्वकर्माको फौजीको जुनी, पुष्कल शार्मा, कृष्ण सापाकोटा र देवी घर्तीको पागल हुन्छु कि त मर्छु, विष्णु माझी र मोहन खड्काको मर्ने मिति हुदैन पात्रोमा, रामजी खाँड र कुसुम सिंखडा क्षेत्रीको दाइ भनेर मोरी, बुद्धिराम सुनार र रेश्मी विश्वकर्माको तनहुँ बन्दीपुर, विष्णु खत्री र पूर्णकला विसीको कसलाई होला, देवी घर्ती र बाबुराम पन्थीको माली गाई, नविन भट्टराई र देवी घर्तीमगरको तिम्रै झल्को दियो, विष्णु माझी र ऋषि खड्काको यी आँखाको नानी, भगत खड्का र तुलसी घर्ती मगरको तिम्रै यादमा टोलाउँदै, दिनेश खत्री र देवी घर्तीको ठेलागाडा, विष्णु माझी र आकाश पाखिनको एक्लै भाकी छु, विष्णु माझी र खेम सेन्चुरीको दास बनेर, दिनेश बजगाई र देवी घर्तीको रात्रि बसमा, देवी घर्ती र कुमार विसीको तिम्रो होइन नभन, लक्ष्मी मल्ल, प्रेम दिप र दिपक केसीको ल्याङ ल्याङ, खुमन अधिकारी र निरु गुरुङको उर्लदो बैस, रामजी खाँड भिमु गुरुङको अमिलो रसैले, मिना राना र सुमन परियारको झम्के साँझैमा, रामजी खाँड र सन्ध्या बुढाको सानु तिमी मुटुको, शक्त्ति चन्द र ज्योती मगरको पिरतीको जुवा, गोपाल नेपाल र तुलसी घर्ती मगरको हावा सरर, पुष्कल शर्मा र देवी घर्तीको सम्झना छ धेरै, वीरवल ढकाल र देवी घर्तीको बासी सक्यो भाले, तुलसा घर्ती र लोकेन्द्र महराको लाहुरे रोल्पाली, राजकुमार बानियाँ र राधिका हमालको फेसबुक, वसन्त थापा र शान्तिश्री परियारको राजनीति भो गीत दर्शकमाझ आए । 
 यसैगरी खुमन अधिकारी र ऋत्तिका कुँवरको केटी पट्याउन, अस्मिता सुवेदी र आकाश प्राखिनको परदेशीको कथा, मुना थापा र निर्मल केसीको कस्ले यहाँ चिन्ने, विष्णु माझी र गणेश अधिकारीको मेरो असल साथी, सन्दिप न्यौपाने र देविका केसीको काठमाण्डौमा घर छ, शिव हमाल र शर्मिला कँडेलको नाच्यो झिल्के नाच्यो, कृष्ण लामीछाने भावना बस्नेतको तिमि राम्रो ढाका चोलीमा, बालकृष्ण वाग्ले र देवी घर्तीको फूल फुलेको डाली, विष्णु माझी र राजेश सेनको नलाउ झुटो पिरती, देवी घर्ती र लक्ष्मण रानाको सिरिरि बतासै चल्यो, वद्रि पगेनी र रेखा लामाको पाकेको फल, पुष्कल शर्मा र देवी घर्तीको यो मुटुको ढुकढुकी, राजु परियारको पापी मायाले, पुष्कल शर्माको घाटी रेटिदेउ, खुमन अधिकारी र रमिला न्यौपानेको झिम्कायो परेली, सर्मिला गुरुङ र मदन परियारको आँधी खोला, कुमार पुन र प्रिति आलेको फुल्यो बामरी, चोलेन्द्र पौडेल र तुलसा जिसीको जाम झोला बोकेर, राजेश वर्देवाको झिमझिम परेली, पुरुषोत्तम पौडेलको कान्छीमाया, पशुपती शर्माको आमा, राजु गुरुङ र दिपिका थापा मगरको यो पिरती कस्तो, रामजी खाँड र कृष्ण गुरुङको राम्रो नि छैन, राजन कार्की, घनश्याम रिजाल र सिता केसीको पुतली रेलैमा, कुमार पुन र तुलसा क्षेत्रीको के मा बस्यो मोहनी, रिमा शाहीको दहीको ठेकीमा पशुपती शर्मा र सम्झना लामिछानेको बा आमाको पालाको विहे, जमुना राना मगरको सिन्दुर, किरण बाबु पुन र टिका पुनको मनको सन्देश, राजु परियार र टीका पुनको अफगानस्तान घटना, विष्णु माझी कसलाई होला मायाले जोवन साचेको, प्रिति आले र मिलन लामाको ल्याङ सुपारी मरिच, रेशम निर्दोषको पूर्णिमाको रात राम्रो  लगायतका सयौँ लोक दोहोरी गीत यो वर्ष विभिन्न माध्यमबाट दर्शक श्रोता माझ आए । 
केहि कलाकारको भने देश विदेशका विभिन्न कार्यक्रममा व्यस्त रहे । लोक दोहोरी कलाकारको मुख्य आम्दानीको श्रोत बन्यो मेला महोत्सव अनि विदेशका कार्यक्रम । यस्ता कार्यक्रममा सहभागिता जनाउने होडबाजी वर्षभरिनै देखियो । मेला महोत्सवमा हुने कार्यक्रममा जिम्मा लिने र आफ्नो विचार मिल्ने कलाकारलाई कार्यक्रममा बोलाउने होडबाजी चलिरह्यो । आयोजकसँग बढी रकम लिने अनि बीचमा बसेर रकम खाई केहि  थोरै रकम मात्र सम्बन्धित कलाकारलाई दिने क्रमले यो वर्ष पनि निरन्तरता पायो । मेला महोत्सवमा प्रायः एकैथरी कलाकारको हालीमुहाली चलिरह्यो । 

यो वर्ष बद्री पगेनी, पशुपती शर्मा, चन्द्र शर्मा, कोमल ओली, रामजी खाँड, प्रिति आले, प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, भूमिका गिरी, शिव हमाल, देवी घर्ती, पूर्णकला विसी, जमुना राना, चोलेन्द्र पौडेल, खुमन अधिकारी, राधिका हमाल, शर्मिला गुरुङ, जीवन दाहाल, तारापती सुवेदी, कुमार पुन, तुलसा क्षेत्री, राजन कार्की, घनश्याम रिजाल, शंकर विरही गुरुङ्ग, पार्वती जिसी, कृष्णा गुरुङ, रमेश बाबु थापा  लगायतका कलाकारको व्यस्तता बढी देखियो । लोक दोहोरी गीत प्रतियोगिता आयोजना हुने हुने क्रम निष्क्रिय रह्यो ।  राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा काठमाण्डौमा अन्तर दोहोरी साँझ दोहोरी गीत प्रतियोगिता भएपनि यो मात्र पर्याप्त भएन । यो वर्ष दोहोरी साँझ र प्रतियोगितामा गाउन मिल्ने खालका गीत कमै मात्र आए । संगीत रोयल्टी संकलन समाजले रोयल्टी मार्फत आएको रकम सम्बन्धित कलाकारलाई वितरण गर्दै केहि सकारात्मक सन्देश दियो ।







Post a Comment

 
Top