0
विक्रम सम्वतका आधारमा मिति गणना गर्ने परम्परामा आधारित सबैका लागि नयाँवर्ष २०७४ को आगमन भइरहेको छ । हरेक सम्वतको पहिलो दिनका रुपमा स्वीकार गरिएको महिनासँंगै त्यस वर्षलाई नयाँवर्षका रुपमा मनाउने परम्परा अनुुसार नेपालमा विक्रम सम्वतका अनुुयायीहरुले वैशाख १ गतेको दिनलाई नयाँवर्षका रुपमा मान्दै आएका छन् । अंग्रेजी क्यालेण्डर मान्नेहरुका लागि जनवरीको पहिलो दिनलाई नयाँवर्ष मान्ने चल्न रहेको छ । नेपालमा जातीय परम्पराका आधारमा विभिन्न समयमा नयाँवर्षका रुपमा विभिन्न पर्वहरु मनाइदै आएका छन् । यसरी मनाइने नयाँवर्षले हामीलाई उत्साह थप्ने र केही नयाँ जिम्मेवारी बोधका साथ प्रस्तुत हुन प्रोत्साहित गर्दै आएको छ । हरेक मानिसले जीवनको परिवर्तनका लागि केही गरुँ भन्ने भावना लिइरहेका हुन्छन् । तर, वास्तविक जीवनमा परिवर्तन ल्याउन मानिसलाई निकै कठिन हुन्छ । दुव्र्यसनीले भोलिदेखि मैले कुलत छोड्छु भन्छ । तर, उसले त्यो भुुमिका निर्वाह गर्न सकिरहेको हँुदैन । सूर्तिजन्य पदार्थ मदिरा आदि सेवन गर्ने मानिसले मैले भोलिदेखि नै सूर्तिजन्य पदार्थको सेवन गर्दिन भन्ने सोंच बनाउँछ । तर, बास्तविक जीवनमा उसले त्यो लागु गर्न सकिरहेको हुँदैन । नयाँवर्षको आगमनलाई कुरेर कैयौं मानिसहरु मैले मेरो जीवनको यो बाटो खरावपनलाई त्याग्छु भन्दै पर्खिबसेको पनि हुनसक्छ । यस्तै अनेकन् भावनाहरुलाई पखाल्दै मानिसले घर समाज र देशमा नै परिवर्तन ल्याउने अठोट बाँड्ने दिनका रुपमा सधैँंझैं आइरहने नयाँवर्षको यो ७४ औं वर्ष प्रवेशले वास्तवमै नेपाल र नेपाली भूमिमा केही न केही परिवर्तन ल्याउन सक्यो भने त्यो दिन नेपाल र नेपाली जनताका लागि साह्रैै महत्वपूर्ण दिनका रुपमा सावित रहने छ । नयाँवर्षले नेपालीहरुको व्यवहारमा नयाँपन जोश जाँगर र ईमान्दारितामा नयाँपन उत्साहमा नयाँपन ल्याउन सकेदेखि यसको गरिमा सधैँंका लागि बढ्ने थियो । नयाँवर्ष आफैले कुनै नयाँपन ल्याउने होइन । मानिसले नै नयाँ उत्साहका साथ आफूूमा परिवर्तन ल्याउँदै नयाँवर्षको सम्मानका खातिर केही नयाँ सोंचको बिस्तार गर्ने हो । नयाँवर्षको आगमनसँंगै हामीले नयाँवर्ष कसरी मनाउने भन्ने बारेमा धेरै चासो लिएका हुन्छौं । पिकनिक जाने कि ? कुनै नयाँ ठाउँ घुम्न जाने कि वा केही रमाइलो गरेर दिन बिताउने आदिआदि । यसरी नयाँवर्षले प्रत्येक मानिसका मनमा केही न केही उत्साह थपेको छ त्यो राम्रो पक्ष हो । नयाँवर्षसंँगै प्रत्येक व्यक्तिले आफूमा कुनै न कुनै विषयमा समाज र देशको विकास वा सुधारका लागि एउटा मात्र नवीनकार्यको थालनी गर्न सक्यो भने उसले आफ्नो जीवन मात्र होइन अरुलाई समेत नयाँ शिक्षा दिन सफल रहन्छ । यिनै परिवर्तनका सफलताका साथ नयाँवर्ष प्रत्येक नेपालीहरुका घर घरमा विकासको सुनौलो बिहानी बनेर सधैँं आइरहने वातावरणको निर्माण गर्न हाम्रो तत्परताको निकै खाँचो रहन्छ । साँच्चिकै भन्ने हो भने यो ७३ को नयाँवर्षको सुनौलो बिहानीको आगमनसँंगै प्रत्येक राजनीति गर्ने व्यक्तिले  आफूलाई ईमान्दार देशभक्त र जनताप्रति उत्तरदायी बनाउने प्रण गर्नुपर्दछ । प्रत्येक राष्ट्रसेवकले देश र जनताका लागि आफूलाई समर्पण गर्न सक्नुपर्दछ । प्रत्येक सामाजिक अभियन्ताहरुले अशिक्षित गरीब र शोषित पीडित जनताको जीवनस्तर उकास्ने काममा आफूलाई समर्पित गर्न सक्नुपर्दछ । प्रत्येक नेपाली जनताले म मेरो घर र मेरो देशमा कुनै भिन्नता देख्नुहुँदैन । यी सबै कर्म गर्नका लागि सबैलाई वास्तविक रुपले ईमान्दार बनाउँदै लैजाने काम नयाँवर्षले अवस्य गर्नेछ । यसका लागि पहिलो प्रयास आफूले आफैमा परिवर्तन ल्याउने अठोट गर्नु नै हो । अनि मात्र नयाँवर्षले प्रत्येक नेपालीलाई नयाँ सोंचका साथ अगाडि ल्याउँदछ । अब यसका लागि हामीले के गर्ने त ? प्रश्न उठ्न सक्छ । यसका लागि नेताले राजनैतिक ईमान्दारिता त्याग्नु भएन ।















Post a Comment

 
Top