0
गोल्डेन न्यूज संवाददाता
स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा कांग्रेस चुनावी अभियानमा सक्रियतापूर्व लागिरहेको छ भने उम्मेदवार बन्ने चाहना गर्नेहरुको संख्या पनि थपिंदै गएको छ । कास्कीको पोखरा लेखनाथ महानगरपालिका र ४ वटा गाउँपालिकामा उम्मेदवार बन्न चाहनेहरुको संख्या कांग्रेसबाट पनि उल्लेखनीय छ । विशेषगरि नेकपा एमालेसंग मुख्य प्रतिस्पर्धा हुने कास्की जिल्लाका सबै निकायमा एमालेको उम्मेदवार हेरेर आफ्नो उम्मेदवार तय गर्ने रणनीतिमा कांग्रेस छ । त्यसोत एमालेले पनि यस्तै रणनीति अपनाएको बताइन्छ ।  विशेषगरि पोखरा लेखनाथ महानगरपालिकाको मेयर बन्ने चाहना राख्नेहरुको दौडधूप तीव्र बनेको छ । काठमाडौंैमा पुगेर नेताहरुसंग भेटघाट गर्ने र पार्टीका सम्बन्धित इकाइका पदाधिकारी र सदस्यहरुलाई प्रभावमा पार्ने प्रयास सबैजसो आकांक्षीले गरिरहेका छन् । यसपटक पार्टीको मूल प्रवाहमा रहेका र यसअघि पार्टीको विभिन्न तहमा काम गरिसकेका धेरै जना पोखरा लेखनाथको मेयरको आकांक्षी बनेका छन् । हाल पार्टीको महाधिवेशन प्रतिनिधि रहेका रामजी कुँवर, बाबुराम आचार्य, ऋषि काफ्ले र वीरेन्द्रनारायण विजुक्छे र रामचन्द्र त्रिपाठीका साथै पार्टीका पूर्व जिल्ला सचिव नन्द प्रसाद तिवारी महानगरको मेयरको आकांक्षी देखिएका छन् । यसका साथै कास्की कांग्रेसका पूर्व कोषाध्यक्षद्वय अशोक पालिखे र ऋषि सापकोटा तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी र पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विन्दुकुमार थापाले पनि महानगरको मेयरको उम्मेदवार बन्न आकांक्षा राखेका छन् । यसबाहेक पार्टीमा धेरै अवसर पाएका पूर्व राज्यमन्त्री महादेव गुरुङको नाम पनि कतिपयले चर्चामा ल्याएका छन् । हुन त पार्टीका पूर्व जिल्ला कोषाध्यक्ष दिवशमान प्रधानाङ्ग, नेविसंघको राजनीति गरिरहेका सुवास कोइराला, महिला संघकी जिल्ला अध्यक्ष कोपिला रानाभाट, विश्व घिमिरे, कांग्रेस कार्यकर्ता कमल बहादुर कुँवर, शिव केसीले पनि मेयरको उम्मेदवार बन्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । 

यसैगरी यसअघि प्राध्यापन पेशामा संलग्न देवराज चालिसे र पत्रकारितामा संलग्न गंगाधर पराजुलीको नाम समेत कतिपयले चर्चामा ल्याएपनि दुवैले यस पटकको चुनावमा उम्मेदवार बन्ने चासो देखाएका छैनन् ।  नेपाली कांग्रेसले माओवादी केन्द्रसंग चुनावी तालमेल गर्ने सम्भावना समेत रहेको बताइन्छ । त्यसो भएमा कांग्रेसको मेयर र माओवादीको उपमेयर बन्न सक्ने भएकाले कांग्रेसको तर्फबाट उपमेयरमा उम्मेदवारी दिनेहरुको चर्चा त्यति धेरै भएको छैन । कांग्रेसको तर्फबाट विभिन्न गाउँपालिकाको प्रमुखमा चाहना गर्नेहरुको संख्या धेरै नै छ । अन्नपूर्ण गाउँपालिकामा आइ बहादुर गुरुङ, राजबहादुर गुरुङ, देवेन्द्र शेरचन, युवराज कुँवर, मनपति भण्डारी, मनोज गुरुङ लगायतको नाम चर्चामा छ भने माछापुच्छ«े गाउँपालिकामा खुशीमान गुरुङ, भीमबहादुर गुरुङ, गुञ्जमान गुरुङ, विष्णु क्षेत्री र अनिल काकीको नाम चर्चामा छ । यसैगरी मादी गाउँपालिकामा विर्जमान गुरुङ, लेखबहादुर गुरुङ, देवीजंग गुरुङ, भानु ढकाल र सरोज केसी लगायतको नाम चर्चामा छ भने रुपा गाउँपालिकामा खेमबहादुर गुरुङ, नारायण श्रेष्ठ, प्रकाशमोहन खनाल, आनन्द सुवेदी, तिलबहादुर खड्का, लक्ष्मण थापा, टेकबहादुर घिमिरे, बद्री बसौला र बलबहादुर आलेको नाम चर्चामा छ ।  

नेपाली कांग्रेसको शक्ति प्रदर्शन आज

काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान भन्ने मूल नाराका साथ पोखरामा चैत्र ३० गते हुने काँग्रेसको प्रदेशस्तरीय आमसभाको तयारी पूरा भएको छ। कास्की काँग्रेसको संयोजनमा हुने आमसभा पोखराको चिप्लेढुंगामा हुनेछ। स्थानीय तहको चुनाव केन्द्रीत कार्यक्रम अन्तर्गत निर्वाचन केन्द्रीय परिचालन समितिको निर्देशनमा आमसभा हुन लागेको हो। आमसभालाई सफल पार्न नेपाली काँग्रेस कास्कीले क्षेत्रीय कार्य समिति, गाउँ, नगर, वडा कार्यसमिति र भातृ संस्थाहरु परिचालन गरिएको छ।
आमसभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री कृष्ण सिटौला र युवा नेता एवं स्वास्थ्यमन्त्री गगन थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। आमसभा पूर्व पोखराका विभिन्न स्थानबाट जुलुस प्रदर्शन गरिने छ। जुलुस चिप्लेढुङमा पुगेर आमसभामा परिणत हुनेछ। यसैबीच नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका कमिटीको व्यवस्थापनमा मङ्गलबार मोटरसाईकल ¥याली निकालिएको छ। बुधबार पोखरामा हुन लागेको नेपाली काँग्रेसको प्रदेशस्तरीय आमसभाको प्रचार–प्रसार गर्दै मोटरसाईकल ¥याली निकालिएको हो । पोखराको अमरसिंहचौरबाट शुरु भएको ¥यालीले पोखराका विभिन्न भागमा परिक्रममा गरेको थियो।¥याली अमरसिंहचोक, बुद्धचोक, पृथ्वीचोक, मुस्ताङचोक, विरौटा, ड्यामसाइड, राष्ट्रबैंकचोक, लेकसाईड, हल्लनचोक, जिरो किमी, सृजनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुदै मानवअधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो। सभा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले ¥यालीले काँग्रेसका कार्यकर्तामा उत्साह छाएको बताए। सांसद यज्ञबहादुर थापाले ¥यालीमा देखिएको सहभागिताले आमसभा व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने बताए। नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले ¥यालीको सहभागिताले आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्ने छनक आएको उल्लेख गरे। नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिकाका अध्यक्ष महेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहअध्यक्ष सागर गुरुङले गरेका थिए ।




Post a Comment

 
Top