0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय फोटो पत्रकार समूह 
(एनएफपिजे) ले आयोजना गरको फोटो पत्रकारिता अवार्डमा पोखराका तीन पत्रकारले जितेका छन् । सुदर्शन रञ्जित, राम गुरुङ र कृष्णमणि बरालले अवार्ड जितेका हुन् । सुदर्शन रञ्जितले एनएफपिजे ग्रेस इन्टरनेशनल खेलकुद फोटो पत्रकारिता अवार्ड, गुरुङले स्वतन्त्र फोटो पत्रकारिता अवार्ड र बरालले मोफसल फोटो पत्रकारिता अवार्ड हात पारेका हुन् । उनीहरुले अर्वाड सगँ नगद २५ हजार रुपैयाँ हात पारेका छन् । पोखरामा केही महिनाअघि भएको भेट्रान्स
फुटबल प्रतियोगिताको रञ्जितले खिचेको तस्बीरले अवार्ड प्राप्त गरेको थियो । त्यसैगरि गुरुङले मनाङको तिलिचो ताल र पर्यटनसगँ सम्बन्धित तस्वीर अवार्डका लागि छनोट भएको थियो । अवार्डका लागि पाँच जनाको फोटो मनोयनमा परेको थियो । एनएफपिजेले खेलकुद, राजनीति, लाइभ टाइम र अन्य गरि १३ विधामा अवार्ड प्रदान गरेको थियो ।

Post a Comment

 
Top