0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस कास्कीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै विहीवार पोखरा लेखनाथ महानगरपालिकामा निर्वाचन मूल परिचालन समिति गठन गरेको छ । महानगर समिति सभापति वजिरमान श्रेष्ठको संयोजकत्वमा ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सदस्यमा महानगरका ३३ वडाका वडा सभापतिहरु, नगर अन्र्तगतका भातृसंस्थाका पदाधिकारी एवं सदस्य र सबै क्रियाशील सदस्य रहेका छन् । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा वसेको वैठकले सो समिति गठन गरेको महानगरका सचिव रामजी प्रसाद कोईरालाले जानकारी दिएका छन् । सो समितिले महानगरमा चुनावी प्रचारको साथै घरदैलो अभियान पनि सञ्चालन गर्ने सचिव कोईरालाले वताए ।
यसैबीच पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ मा चुनावी चहल पहल बढेको छ । चुनाव नजिकिए सँगै वडास्तरका नेताहरु घर दैलो अभियानमा लागेका छन् । जनातालाई विकासे योजना लिएर पोखरा लेखनाथ २७ मा नेपाली कांग्रेस ठूलो हुल भएर प्रचार–प्रसारमा निस्किएको छ । पोले २७ मा कांग्रेसबाट उम्मेदवार भएका पूर्ण गुरुङ्गको नेतृत्वमा हिँडेको जुलुस चुनावी प्रचार र भोट माग्न व्यस्त देखिन्थें ।  करिब ३०० को संख्यामा हिंडेका नेता तथा कार्यकर्ताले आम जनतालाई भोट कसरी हाल्ने भन्ने समेत सिकाएका छन् ।





Post a Comment

 
Top