0
गोल्डेन न्यूज संवाददाता
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले सोमबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले देश चुनावमय बनिसकेको र निर्वाचन आयोगपनि वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्न तीव्र गतिले अघि बढिसकेकाले साना–तिना विवादमा अल्झेर निर्वाचनलाई कोही कसैले अप्ठ््यारो पार्ने काम नगर्न आग्रह गरे । नेता नेपालले कुनैपनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने समेत स्पष्ट पारे । स्थानीय तहको निर्वाचन पहिलो प्राथमिकता रहेकाले कुनै दलले असन्तुष्टि जनाउँदैमा चुनाव नारोकिने उनको भनाइ थियो । नेता नेपालले भने–“अहिलेको बेला संविधान संशोधन गर्ने बेला होइन, देश र जनताको हितमा छ भने त्यो पछि विचार गरौँला ।” प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार खम्बा नै निर्वाचन हो भन्दै उनले जनताका सेवा र सुविधा घरदैलोमा पु¥याउने नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट मधेसवादी दल डराएर जनताबाट भाग्लान्जस्तो आफूलाई नलागेको चर्चा गरे । मधेसी नेताहरु आफ्नै जनताको भोट नपाउने होकी भन्नेमा शंका रहेकाले अनेक बहानामा स्थानिय तहको निर्वाचनलाई रोक्न खोजिरहेको उनको भनाइ रहेको थियो । नेता नेपालले नयाँशक्ति नेपालका संयोजक बावुराम भट्टराइलाई स्वतन्त्र ढंगले चुनाव लड्न समेत सुझाव दिएका छन । बावुराम भट्टराइले ढिलो निर्णय गरेको भन्दै समयमा औषधि नखादा पर्ने असरबारे डाक्टर आफैलाई थाहा भएकाले स्वतन्त्र रुपमा चुनाव लड्नु उनका लागि उपयुक्त हुने बताए । उनले केही वर्षदेखि देशले भोग्दै आएको राजनीतिक अस्थिरताको अन्त्य गर्न निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत पाउनु पर्ने जिकिर गरे । 
प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा कार्यक्रम भएको थियो । नेता नेपालले प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार खम्वा नै निर्वाचन भएको भन्दै उनले जनताका सेवा र सुविधा घरदैलोमा पु¥याउने नयाँ संरचना अनुसारको स्थानीय तहको निर्वाचनवाट मधेशवादी दलहरु डराएर जनताबाट भाग्लान जस्तो आपूmलाई नलागेको उल्लेख गरे । उनले निर्वाचनमा उम्मेदवार छनौट गर्दा मेरो तेरो र गुटको भन्दा पनि उम्मेदवारकौ लोकप्रियतालाई आधार बनाउने समेत स्पष्ट पारे ।


Post a Comment

 
Top