0
गोल्डेन न्यूज संवाददाता
सरकार र आन्दोलनरत मधेशी मोर्चाको सहमति पश्चात परिमार्जनसहित सरकार प्रकियामा अघि बढेकाले संघीय समाजवादी फोरम कास्की निर्वाचनको तयारीमा जुटेको छ । मंगलवार पोखरामा सम्पन्न जिल्ला अगुवा कार्यकर्ता भेलाले स्थानिय निर्वाचनमा आफ्नो पकड कायम गराउन जिल्ला अध्यक्ष दिपक वाइबा तामाङको संयोजकत्वमा ५०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति र ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । निर्वाचन परिचालनकै लागि संघीय समाजवादी फोरम कास्कीका जिल्ला सदस्य गोपाल गुरुङको संयोजकत्वमा १०१ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ ।
जिल्ला अगुवा कार्यकर्ता भेलामा क्षेत्रीय समिति र वडा समितिहरुको तर्फबाट गाँउ, महानगर र वडामा उम्मेदवारका लागि आकांक्षीहरुको नाम प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानिय निर्वाचनका प्रकृयागत विषय र पार्टी नेता कार्यकर्ताको भूमिकाका बारेमा पार्टीका केन्द्रीय प्रचार विभागका सदस्य, अधिवक्ता हुमबहादुर तमुले प्रशिक्षण दिएका थिए । 
संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दिपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य तथा सह–इञ्चार्ज धनप्रसाद तामाङ, केन्द्रीय सदस्य एवं कास्की इञ्चार्ज देवीराज गुरुङ लगायतले मुलुकको वर्तमान अवस्था, सरकारसँग भएका संविधान परिमार्जन सहितको सहमतिगत विषयवस्तु र स्थानिय निर्वाचनमा क्रियाशीलताका विविध पक्षमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सचिव गिरीप्रसाद गुरुङले गरेका थिए भने सहसचिव रामकाजी चर्मकारले स्वागत गरेका थिए ।















Post a Comment

 
Top