0
गोल्डेन न्यूज संवाददाता
मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले स्थानीय तहको निर्वाचन हुन नसके देशमा अनिश्चयको बादल मडारिने बताएका छन् । संविधान कार्यान्वयन र राज्यका संरचनाहरु सही हिसावले संचालनका लागि निर्वाचन अहिलेको टड्कारो आवश्यकता भएको उनले बताए । जनता आफैंले आफूलाई शासन गर्ने, विकास निर्माणदेखि विभिन्न अधिकार र कानून आफैं बनाएर स्थानीय शासनको प्रत्याभूत निर्वाचनले मात्रै दिने भएकाले महत्वपूर्ण रुपमा लिएर सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए । ‘स्थानीय तहको निर्वाचन हुन नसके देशमा समस्या पैदा हुन्छ । अरु निर्वाचन हुन नसकेर अस्थितरता र अनिश्चयको वातावरणले ठाउँ पाउँछ,’ स्वतन्त्र पत्रकार संघ नेपालको दोस्रो महाधिवेशनको बुधबार पोखरामा उद्घाटन गर्दै उनले भने–‘स्थानीयसहित आगामी माघ ७ भित्र सबै तहका निर्वाचन गरेमा संविधान र राज्यका संरचनाहरुले दरिलो खुट्टा टेक्छन । अन्य कुरा पनि हुँदै जान्छन् । त्यो आजको आवश्यकता हो ।’ झन्डै दुई दशकसम्म स्थानीय निर्वाचन नहुँदा जनताले दुःख पाएको स्मरण गर्दै उनले एकजना व्यक्तिको हातबाटमात्रै (गाविस सचिव) अधिकार निर्माण, समस्या तथा गुनासलाई सम्बोधन गर्नुपरेको अवस्थाको अन्त्य हुनुपर्ने बताए । अहिलेको संविधानले स्थानीय तहलाई निकै ठूलो जिम्मेवारी र अधिकार दिएकाले त्यसको उपयोग गर्न पाउनुुपर्ने जनताको अधिकार रहेको उनको भनाई थियो । स्थानीय निर्वाचनलाई प्रदेश र केन्द्रको निर्वाचनसंग जोडेर हेर्न नहुने बताए ।





Post a Comment

 
Top