0
गोल्डेन न्यूज संवाददाता
आगामी बैसाख ३१ गते हुने स्थानिय निर्वाचनका लागि पोखरा लेखनाथ महानगरपालिकाका लागि मेयर पदका लागि पार्टी भित्र कसरत चलिरहेको छ र दिनानुदिन आकांक्षीहरु पनि बढिरहेको छ । आउने स्थानीय चुनावका लागि आफ्नो प्रभाव पार्टी भित्र बढाइरहेकाले नेपाली कांग्रेस कास्कीलाई उम्मेदबार छनोट गर्नेका लागि ठूलै कसरत गर्नुपर्ने देखिन्छ। 
यसैक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा इकाई ६ बैदामले आउँदै गरेको स्थानीय चुनावमा पोले महानगर पालिकाका लागि मेयर पदका लागि नेपाली टे«ड युनियनका कांग्रेसका वरिष्ठ उपाध्यक्ष तथा पूर्व आमन्त्रित केन्द्रीय सदस्य बैदाम निवासी रामजी कुवँरलाई सिफारिस गरेको छ । नेपाली कांग्रेसको आह्वानमा भएको २०३६ सालको आन्दोलनमा टेड युनियन कांग्रेससगँ आवद्ध भइ पारा मेडिकल आन्दोलनमा सक्रिय भुमिका निभाएका कुवँरले कांग्रेसको अगुवाईमा भएको हरेक आन्दोलनमा विभिन्न समितिमा रही नेतृत्वदायी भूमिका खेलेका कुवँरलाई बडा इकाई ६ बैदामले पोले महानगर पालिकाको मेयर पदका लागि सिफारिस गरेको छ ।
कांग्रेसका वडा इकाई ६ बैदामका सभापति बलराम गिरीको सभापतित्वमा बसेको कार्यसमिति को बैठकले पोले महानगर पालिकाको मेयरका पदका लागि नेपाली कांग्रेसको नगर समिति हुँदै क्षेत्रीय समिति समक्ष सिफारिस गरेको छ । उमेरले ५० बर्ष काटेका कुवँरले कांग्रेसको १०औं महाधिवेशनदेखि नै महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य समेत रहेर काम गरेका थिए । कुवँर समाजमा नरम स्वभाव र बौद्धिक ब्यक्तित्वको रुपमा चिनिएका छन । पूर्व क्षेत्रीय सभापति समेत बनेका कवँर २०६२ र ६२ सालको आन्दोलनमा दुई पटक जेलमा बसेका थिए भने पार्टीको १३आंै महाधिवशनका महाधिबेशन प्रतिनिधि समेत हुन् । 
ट्रेड युनियन कांग्रेसको सस्थापक केन्द्रीय सदस्य समेत रहेका कुवँर मेयर पदका लागि योग्य उम्मेदवार रहेकोले वडा इकाई ६ बैदामले सिफारिस गरेका इकाइ सभापति बलराम गिरीले जानकारी दिए ।  मेयरका आकांक्षी कुवँरले पार्टीबाट टिकट पाएमा पोले महानगर पालिकालाई नमुना हरियाली शहरको रुपमा विकास गर्ने र एशियाकै नमुना शहरको रुपमा चिनाउने प्रतिबद्धता समेत गरेका छन । उनले पोखरा लेखनाथ महानगरपालिकालाई रिङरोड निर्माण, यहा रहेका ताल संरक्षणका लागि विषेश योजना ल्याउने, अध्याधुनिक बसपार्क निर्माण र खानेपानी सहित ढल निर्माणका साथमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र संचालनमा ल्याउने लगाएतका योजनालाई प्राथमिकता रहने उनको दावी रहेको छ ।


Post a Comment

 
Top