0
हरि पन्त
पोखरा १२ वैशाख
पर्यटकीय नगरी पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८ न्यूरोडस्थित नोभेल एकेडेमी गुणस्तरीय शिक्षाका लागि एक उत्कृष्ट गन्तव्य हो । पछिल्लो सर्वेक्षण अनुसार पनि पश्चिमाञ्चल क्षेत्रको पहिलो तथा नेपालकै नवौं स्थानमा नोभेल सुचीकृत हुनुले पनि यस कुरालाई पुष्टि गर्दछ । सन् २००२ देखि अन्तर्राष्ट्रियस्तरको शिक्षा अन्तर्गत क्याम्ब्रीज विश्वविद्यालयको ‘ओ’ र ए लेभलबाट पढाई शुरुवात गरेर नोभेलले शैक्षिक यात्रा प्रारम्भ गरेको थियो । कलेजका कार्यकारी अधिकृत विश्वेश्वर आचार्यका अनुसार तत्पश्चात विभिन्न आरोह–अवरोह पार गर्दै शैक्षिक सफलताका सिढीहरु चढ्दै गरेको नोभेलमा हाल ए–लेभल, बीएस्सी नसिङ्ग, बी फार्मेसी, बीबीए र एमबीएको पढाई संचालन भइरहेको छ । 
आचार्यले भने–‘अन्तर्राष्ट्रिय स्तरको आधुनिक र समयानुकुल शिक्षा प्रदान गरेर  विद्यार्थीहरुलाई सफल व्यक्ति बनाउने नोभेलको यात्रा पब्लिक प्राइभेट मोडालिटीमा विश्वविद्याल तर्फ उन्मुख छ । स्वदेशी मात्रै नभई विदेशी विद्यार्थीको समेत अध्ययन केन्द्र बनाउने योजना नोभेल एकेडेमीले लिएको छ । एकेडेमीले हालसम्म ३ हजार विद्यार्थी उत्पादन गरेको छ । अबको केही समयभित्र एक सय बेड क्षमताको सुविधा सम्पन्न अस्पताल संचालनको तयारी समेत लागेको छ, एकेडेमी । प्रत्येक संकायमा गरिब जेहेन्दार लगायत विभिन्न छात्रवृत्तिको व्यवस्था गरि एकेडेमीले संस्थागत उत्तरदायित्व बहन गरेको छ ।’
आचार्यका अनुसार भौतिक पूर्वाधारका रुपमा सुविधासम्पन्न अत्याधुनिक भवनमा अध्ययन–अध्यापन गराइन्छ । त्यस्तै एकेडेमी भित्र साइन्स तथा कम्प्यूटर ल्याब, लाइब्रेरी, ई–लाइब्रेरी र खेल मैदान समेत पूर्वाधार छन् । कलेजले पूर्वाञ्चल विश्वद्यिालयको सम्बन्धनमा प्रत्येक बर्ष स्नातकतर्फ बीएस्सी नर्सिङ्गमा २०, बीफार्मेसीका ३०, बीबीएमा ४० सँगै स्नोतकोत्तरतर्फ एमबिएमा ३० सीटमा भर्ना लिने आचार्यले बताए । उनका अनुसार पोखरा मात्र नभएर छिमेकी जिल्लाका विद्यार्थीहरु समेतको कलेजप्रति आकर्षण बढेको छ । यी कोर्षहरुमा चार वर्षे बीएस्सी नसिङ्गको पढाई पश्चात् स्वदेशमै अवसर मिल्नुका साथै यूरोप, अमेरिका तथा बेलायत जान चाहनेका लागि पनि निकै फलदायी रहेको छ । सन् २०२० सम्ममा अमेरिकामा १२ लाख नर्सको माग रहेको अवस्थामा यहाँ पढेकाहरुलाई सहज हुने छ । नेपालकै प्रतिष्ठित मेडिकल कलेज तथा अस्पतालहरुमा आधारभूत तथा विषयगत प्रयोगात्मक अभ्यास गर्ने भएकाले पनि विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारी दक्ष बन्ने अवसर पाएका छन् भने चिकित्सा क्षेत्रको अर्को महत्वपूर्ण पढाई विफार्मेसिमा पनि यसको स्कोपको हिसाबले बर्षेनी विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ ।
कलेजमा बीबीए तथा एमबीए पढेका विद्यार्थीहरुले स्वदेश तथा विदेशका उद्योग व्यापार लगायत बैंकिङ्ग क्षेत्रमा पनि रोजगारी पाईरहेकाले यो शिक्षामा समेत कलेज सफल छ । विद्यार्थीहरु व्यवहारिक अभ्यासका लागि प्रख्यात उद्योग, बैंक तथा व्यापारिक प्रतिष्ठानमा जान्छन र त्यसैमा कुशलतापूर्वक काम गरी रोजगार समेत पाइरहेको कार्यकारी प्रमुख आचार्यले गोल्डेन न्यूज दैनिकसंग भने । उनका अनुसार सफलताको पछाडि २१औं शताब्दीको मागअनुरुप शिक्षण विधिलाई समायानुकुल परिवर्तन गरिनु रहेको छ । कलेजको धेरै व्यापारिक प्रतिष्ठान तथा बैंकहरुसँग प्रत्यक्ष सम्बन्ध रहेका कारण पनि योग्य विद्यार्थीले रोजगारी पाएका हुन् ।
नोभेल परम्परागत शिक्षण शैलीबाट विद्यार्थीहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकिरहेको सन्दर्भमा क्याम्ब्रीज विश्वविद्यालय को सम्बन्धनमा एकेडेमीले ए लेभलको पढाई शुरु गरेको हो । व्यवहारिक, विश्वभरि मान्यता प्राप्त, अवसर दिलाउने, सिर्जनशीलता तथा विश्लेषण क्षमता बढाउने साथै रोजगारीको समेत सुनिश्चितता गराउने हुँदा ए लेभलको शिक्षा निकै उपयोगी छ । विश्वका सबै विश्वविद्यालयद्वारा मान्यता प्राप्त भएको हुँदा ए लेभल निकै लोकप्रिय पनि छ ।
क्याम्ब्रीज विश्वविद्यायालयको एक अङ्ग हो, ए–लेभल । विगत ५० वर्षदेखि लगभग ७० विषयमा यसको पढाई हुन्छ । नेपालबाट एसएलसी वा विश्वको कुनैपनि बोर्डबाट सो बराबरको परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरु ए–लेभलमा प्रवेश पाउन सक्दछन् । अंग्रेजी भाषा साहित्यसहित विद्यार्थीले बाँकी विषयहरुबाट आपूmले चाहेको विषय रोज्न पाउँदछन् । विद्यार्थीले सम्पूर्ण ए लेभल क्वालिफिकेशन पाउनका लागि दुई बर्षमा दुई पटक परीक्षा पनि दिन सक्छन् भने दुई बर्षको अन्तमा एकै पटक परीक्षा दिन पनि सक्छन् । साथसाथै मेधावी विद्यार्थीका लागि समयसिमा छैन ।
ए लेभल परीक्षा बर्षको दुई पटक मे÷जुन र अक्टुवर÷ नोभेम्बरमा विश्वभरि नै एकै पटक संचालन गरिन्छ र नतिजा पनि एकै साथ प्रकाशन हुन्छ । परिक्षाहरु धेरै ब्यवस्थित तरिकाबाट लिइन्छ ।  ए–लेभल क्वालिफिकेशनले सिर्जनात्मक सोचाइका साथसाथै अन्य सीप पनि बढाउन मद्दत गर्दछ । विद्यार्थीले कति जान्यो भन्दा पनि कति बुझ्यो भन्नेलाई महत्व दिइन्छ र विश्लेषणात्मक पक्षलाई परीक्षामा बढी समावेश गरिन्छ । प्रश्नहरु ‘एक्टिभ’ हुन्छन् भने विद्यार्थीहरुको अभिब्यक्ति ‘अब्जेक्टिभ’ । यसमा वस्तुगत लामा र छोटा उत्तर लेख्ने ढाँचाका प्रश्न समावेश गरेर विद्यार्थीको सम्पूर्ण मूल्याङ्कन गरिने प्रयास गरिन्छ । गहिराईसम्म पुगेर विषयबस्तुको अध्ययन गर्नुपर्छ ।
नेभेलका कार्यकारी निर्देैशक सीता लामिछानेका अनुसार ए–लेभल नेपालको १०+२ सरहको पाठ्यक्रम हो । यो तह उत्तिर्ण गरेपछि विद्यार्थीले विश्वको जुनसुकै विश्वविद्यालयमा स्नातक स्तरको अध्ययन गर्नका लागि आवेदन दिन पाउछन् । यसको अन्तर्राष्ट्रिय ख्यातिले विद्यार्थीलाई विश्वको राम्रो भन्दा राम्रो कलेजमा भर्ना हुन या छात्रवृत्ति पाउन सजिलै सम्भव देखिन्छ ।
लामिछानेले गोल्डेन न्यूज दैनिकसंग भनिन्–‘पाठ्यक्रम र प्रश्नपत्र मुलतः अन्तर्राष्ट्रियस्तरको हुन्छ । यो पाठ्यक्रम अत्यन्त लचिलो, गुणस्तरीय, वैज्ञानिक र ब्यवहारिक मानिन्छ । हरेक तीन तीन बर्षमा पाठ्यक्रम परिमार्जित गरी समय सापेक्ष र अद्यावधिक गरेर विषयवस्तु सान्र्दभिक र नियमित बनाउनु ए लेभलको अर्को विशेषता हो ।’ उनले भनिन्–‘कक्षा क्रियाकलापहरु, सेमिनार, छलफल, प्रयोगशाला विधि, समस्या समाधान, ग्रुपवर्क, प्रोजेक्ट वर्क, खोजवीन, प्रतिवेदन लेखन, प्रस्तुतिकरण, समसामयिक अध्ययनमा आधारित हुन्छन् ।’ एडभान्स लेभल कोर्षलाई नेपालका सबै विश्वविद्यालयको साथसाथै विश्वको धेरै शैक्षिक संस्थाहरुबाट मान्यता प्राप्त छ । विद्यार्थीले आफ्नो ग्रेड सुधार्नका लागि पुनः परीक्षामा बस्न पाउने प्रावधान रहेको लामिछानेले स्पष्ट पारिन्। विद्यार्थीहरुको हौसला बढाउन युनिभर्सिटी अफ क्याम्ब्रिज र ब्रिटिश काउन्सिल नेपालले हरेक बर्ष पुरस्कार वितरण समारोहको आयोजना गर्दै आएको उनले बताइन ।
कलेजका विविए को–आर्डिनेटर दीपेन्द्र पहारीका अनुसार पोखरामै पहिलोपल्ट स्थापित नोभेल एकेडेमीको ए लेभल कार्यक्रम अहिले पश्चिमाञ्चलको गौरव एवं गुणस्तरीय शिक्षाको लागि पर्यायवाची बन्न सफल भएको छ । हालसम्म २६ ब्याचका करिब २००० विद्यार्थीहरुले सर्वोत्कृष्ट भइ ए लेभलको अध्ययन सम्पन्न गरी संसारकै सर्वोकृष्ट विश्व विद्यालयहरुमा छात्रवृत्तिमा अध्ययनरत छन् ।
अमेरिकाको नं १ कलेज विलियम्समा अध्ययनरत विद्यार्थी दिवस तिमिल्सिना हुन् वा अमेरिकाको सातौं नम्बर कलेज लफाएटबाट अध्ययन सम्पन्न गरेका मेधावी विद्यार्थी ई. विदुर दाहाल (जो हाल अमेरिकाको प्रतिष्ठित कम्पनी एमजन डट कममा इन्जिनियरका रुपमा कार्यरत) लगायतका विद्यार्थीहरुले हासिल गरेका अवसरहरु नोभेल एकेडेमी र ए लेभल कार्यक्रमको गुणस्तर मापनका पर्यायवाची हुन् ।
पहारीका अनुसार पछिल्लो समयमा ए–लेभलमा नेपाल टप गरेका पूर्व विद्यार्थीद्वय सागर प्रताप घिमिरे र हिमकुमार श्रेष्ठ हाल अमेरिका स्थित नर्थ–वेष्ट मिसौरी स्टेट युनिभर्सिटीमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्दै त्यहाँ पनि टप गर्न सफल भएका छन् । अर्की पूर्व छात्रा सरु श्रेष्ठ नेदरल्यान्ड  स्थित टियू डेल्फ्ट युनिभर्सिटीमा एरो स्पेस इन्जिनियरिङ्ग अध्ययन गर्दै छिन् । साथै पूर्व विद्यार्थी सन्देश के.सी. युनिभर्सिटी अफ टेक्सासमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । त्यस्तै हरि कार्की, इश्वी मल्ल, रबी गुरुङ्ग लगायतका विद्यार्थीहरुले अमेरिकाका विभिन्न विश्वविद्यालयमा आफ्नो अध्ययन अघि बढाइरहेका छन् । 
नेपालमै पनि पूर्वविद्यार्थीहरु इन्जिनियरिङ्ग तथा मेडिकल कलेजहरुमा छात्रवृत्तिमा अध्ययन गरिरहेको पहारीले बताए ।


Post a Comment

 
Top