0
गोल्डेन न्यूज संवाददाता
पर्यटकीय शहर पोखरामा भारतिय पर्यटक भित्र्याउनका लागी नेपाल सरकार र पोखराका पर्यटन ब्यवसायीले पहलकदमी थाल्नुपर्नेमा भारतीय पर्यटन ब्यवसायीहरुले जोड दिएका छन । उनीहरुले पोखरा नेपालकै उत्कृष्ट गन्तब्य भएकाले भारतको पर्यटकलाई पोखरा भित्र्याउन सकेको खण्डमा पोखराको पर्यटन राम्रो हुने सुझाव दिए । भारतको इस्टर्न हिमालय ट्राभल टुर अपरेटर एशोसिएशनका प्रेसिडेन्ट सम्राट सान्यालले पोखरा नेपालको उत्कृष्ट गन्तब्य भएकाले भारतिय पर्यटक भित्र्याउनका लागि नेपाल सरकार र पोखराका पर्यटन ब्यवसायीहरु अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपालको पूर्वी सीमानासंग जोडिएको भारतीय क्षेत्र सिलगुडीबाट पोखरा सिधा बस सेवा सञ्चालन गर्न सकेको खण्डमा भारतको पूर्वी भेगमा रहेका पर्यटकहरु सिधै पोखरा घुम्न आउन सक्ने भन्दै सम्राटले नेपाल सरकारले यसवारेमा सोच्नुपर्नेमा जोड दिए । पोखरा आँफैमा प्राकृतिक हिसावले रमणीय रहेको र यहांका मनोरम हिमश्रृङ्खला ताल तलैया र वरपरका गाउहरुले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने भन्दै उनले विभिन्न गाउँहरुमा होमस्टे सञ्चालन गर्न समेत सुझाव दिए । उनले नेपालमा आन्तरिक पर्यटकको समेत सम्भावना रहेको भन्दै सम्राटले त्यसको बारेमा पनि नेपाल सरकारले आफ्नो मुलुकभित्र भ्रमण गर्ने वातावरण सृजना गरेको खण्डमा नेपालीले आफ्नै देशको भ्रमण गर्न उत्सुक हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख उदय भट्टराइले पोखरा प्रचुर सम्भावना बोकेका शहर भएको भन्दै भारतीय पर्यटकको संख्यामा बृद्धि गराउनका लागि समेत आफूहरु लागिपरेको बताए । पोखरामा अधिकांश भारतीय पर्यटकहरु आउने गरेको भएतापनि अझैपनि नेपाल सरकारले सिधै भारतको विभिन्न ठाउँबाट पोखरासम्म सिधै बस सेवा सञ्चालन गर्न सकेको खण्डमा पर्यटकको संख्यामा बृद्धि हुने उनको विश्वास थियो ।  उक्त अवसरमा पर्यटन परिषद पोखराका अध्यक्ष सोम थापा, टे«किङ एशोसियसन पोखरा अध्यक्ष दिपक राज अधिकारी, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन लगायतले पोखरामा भारतीय पर्यटक भित्र्याउन आफूहरुले इस्टर्न हिमालय ट्राभल दुर अपरेटर एशोसियशनसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।

Post a Comment

 
Top