0
गोल्डेन न्यूज संवाददाता
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष वद्री सिग्देलले प्रेस युनियनको जिल्ला शाखा भेला पोखरामा हुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीको विशेष भेला एवं सम्मान कार्यक्रममा वोल्दै उनले युनियनको भेला यही चैत २६ गते पोखरामा गर्ने तयारी भएको जानकारी दिए । उनले प्रजातान्त्रिक खेमाका पत्रकारहरु एक जुट हुन नसक्दा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय कुनै पार्टी कार्यालयमा रुपान्तरण भएको होकि भन्ने अनुभूति भएको वताए । उनले युनियन फुट्दा विरोधीहरुलाई फाईदा भएको भन्दै आगामी दिनमा यसलाई एक ढिक्का वनाएर अगाडि बढ्नु पर्नेमा जोड दिए । 

नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष रामजी कुँवरले देशमा स्थानीय तहको निर्वाचन हुने वेला आएको भन्दै त्यसमा प्रजातान्त्रिक विचारधाराका पत्रकारहरु एक जुट हुनुपर्ने खाँचो औंल्याए ।  नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार रमेश पौडेल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, नेपाल ज्योतिष पत्रकार संघका अध्यक्ष डा. बलराम उपाध्याय रेग्मी, नेपाली कांग्रेस कास्कीका सदस्य नवीन सिग्देल, युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, गण्डकी संयोजक टंक अधिकारी नेपाल यातायात मजदूर संघका अध्यक्ष जीतबहादुर गुरुङ, ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष कुलदेवी बराल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल पत्रकार महासंघ कास्कीका महिला उपाध्यक्ष विमला भण्डारी, उपाध्यक्ष माधव रेग्मी र सचिव प्रकाशचन्द्र सापकोटाले आ–आफ्ना भनाइ राखेका थिए। 
सो अवसरमा रमाईलो वनभोज सँगै विविध मनोरञ्जन कार्यक्रम समेत गरिएको थियो ।       


Post a Comment

 
Top