0
गोल्डेन न्यूज संवाददाता
सरकारले बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन आँउन अब ५६ दिन बाँकी छ । गएको फागुन ९ गते सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरे लगतैदेखि निर्वाचन आयोगले चुनावको तयारी थालेको थियो । आयोगले देशभर एकैदिन करिब २१ हजार मतदान केन्द्रमा झण्डै १ करोड ४० लाख मतदाताले एकै मितिमा मतदान गर्ने गरी तयारी थालेको जनाएको छ । ७ सय ४४ स्थानीय तहका ६ हजार ६ सय ८० वडाबाट प्रतिनिधीहरु निर्वाचित हुनेछन् ।  यो निर्वाचनबाट महानगरपालिकादेखि गाँउपालिका सम्म ३५ हजार जनप्रतिनिधी निर्वा्चित हुनेछन् । आयोगमा निर्वाचनका लागि ८१ दल दर्ता भएका छन् । सबैभन्दा धेरै काठमाडौंमा ४७ दल दर्ता छन् भने सबैभन्दा कम मनाङमा ७ दल दर्ता भएको छ । निर्वाचनका लागि ५६ दिन बाँकी रहँदा निर्वाचन आयोगले के के गरिरहेको छ त ?
–फागुन १० गते निर्वाचन कार्यतालिका सार्वजनिक, बैशाख ३१ गते देशैभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक, बैशाख १६ देखि ३१ गतेसम्म निर्वाचन कार्यक्रम तय । सरकारलाई १९ बुँदे निर्देशन जारी ।
–फागुन १२ गते निर्वाचनलाई, निष्पक्ष, विश्वसनीयि र धाँधलीरहीत बनाँउन देशका ४ वटै सुरक्षा निकायका प्रमुखसँग छलफल । सुरक्षा जोखिम, जनशक्ति, सुरक्षा बन्दोबस्ति, सुरक्षा दिनुपर्ने व्यक्ति र स्थान लगायतका विषयमा छलफल ।
–गृहमन्त्रालयलाई शान्ति सुरक्षा कायम गराउनका लागि ४ बुँदे अनुरोध पत्र पठायो ।
–सोही दिन विदेशी कुटनीतिक नियोगका व्यक्तित्वसँग छलफल ग¥यो ।
–फागुन १५ गते स्थानीय तह निर्वाचनका लागि फागुन १८ गतेभित्र आयोगमा दल दर्ता गरिसक्न सूचना प्रकाशन ।
–फागुन १७ गते आयोगको बैठकले निर्वाचन आचार संहिता लागू गर्ने निर्णय ग¥यो । सरकार, सरकारका मन्त्री, राजनीतिक दल, सरकारी कार्यालय, नीजि तथा गैह्रसरकारी संस्थाहरुलाई फागुन १८ गतेदेखि, निर्वाचनका उम्मेद्धवारहरु लाई बैशाख १६ गतेदेखि आचार संहिता लागू गर्ने निर्णय ।
–फागुन १८ गते निर्वाचन आचारसंहिता पालनाबारे सरकारका मन्त्रीहरु तथा सचिवहरुसँग आयोगमा छुट्टाछुट्टै छलफल ।
–फागुन २२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका काम तथा राजनीतिक कामका लागि हेलिकोप्टर प्रयोग गर्दा आयोगसँग अनुमति लिएर मात्र प्रयोग गर्न निर्देशन दियो ।
यस्तै सरकारका मन्त्रीहरुलाई पनि जिल्लामा हुने राजनीतिक कामका लागि सरकारी गाडि प्रयोग गर्दा आयोगको स्वीकृती लिन निर्देशन दियो ।
आयोगले यतिबेला निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापनका लागि काम गरिरहेको छ । मतपत्र, मतपेटिका लगायतका आवश्यक सामग्री तयारीका लागि तयारी गरिरहेको आयोगले जनाएको छ । निर्वाचन प्रयोजनका लागि झन्डै ३० हजार मतपेटिका आवश्यक पर्ने भन्दै खरिदका लागि टेन्डर आवह्वान समेत गरिएको छ भने डेढ करोड मतपत्र जनकशिक्षा सामग्री केन्द्रमा छाप्ने तयारी समेत गरेको छ ।
–फागुन २८ गते निर्वाचनमा भाग लिने उम्मेदवारहरुले निर्वाचन प्रचार प्रसार लगायतका निर्वाचन कार्यमा गर्न पाउने खर्चको हद निर्धारण ग¥यो ।
–चैत ३ गतेभित्र स्थानीय तहमा कर्मचारी पठाइसक्न सरकारलाई निर्देशन दियो । जसअनुसार सरकारले बिहिबार ४ सय ८१ गाँउपालिकामा कार्यकारी अधिकृतलाई खटाएको छ ।
साथै आयोगले स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीलाई कुनै पनि तालिममा नखटाँउन पनि निर्देशन दिएको छ ।
–चैत १ गते मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि ३० जना प्रशिक्षकलाई २ दिने प्रशिक्षण तालिम शुरु ग¥यो ।
यस्तै आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने दलहरुको संसोधन सहितको अन्तिम सुचि प्रकाशन गरेको छ ।
अत्याधुनिक मतदाता परिचय पत्र
आयोगले यसबर्षको स्थानीय तहको निर्वाचनदेखि सुरक्षा प्रणालीयुक्त मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । दोश्रो पक्षले डुप्लिकेट बनाँउन नसक्ने, परिचयपत्रमा आँखाले नदेखिने किसिमका सुरक्षा कोडहरु राख्ने तयारी भएको छ । आयोगका अनुसार झन्डै १ करोड ५० मतदाताका लागि परिचय पत्र छाप्न बापत झन्डै १४ करोड लाग्ने अनुमान गरिएको छ । यसअघि भएको दोश्रो संविधान सभाको निर्वाचनमा भने सादा कागजमा परिचयपत्र प्रकाशन गरिएको थियो । आयोगले केन्द्रीय कार्यालय परिसरमै परिचय पत्र छपाई गर्ने तयारी थालेको छ ।
जनशिक्षामा केन्द्रमा मतपत्र छपाई गर्ने
निर्वाचन आयोगले शनिवारदेखि जनकशिक्षा सामग्री केन्द्रमा मतपत्र छपाईको काम अघि बढाउने भएको छ । आयोगले जिल्लामा दर्ता भएका राजनीतिक दलहरुको आधारमा मतपत्र छपाई गर्न लागेको हो । मतपत्रमा समावेश हुने चुनाव चिन्हको क्रमबारे पनि आयोसगले टुङ्गो लगाइसकेको छ । आयोगले चैत ४ गते राजनीतिक दलहरुले पाउने चुनाव चिन्हको विवरण सार्वजनिक गरिसकेको छ । अघिल्लो संविधानसभाको निर्वाचनमा सबैभन्दा धेरै समानुपातिक भोट ल्याँउने राजनीतिक दलको चुनाव चिन्ह सबैभन्दा अगाडि रहनेछ । सो अनुसार सबैभन्दा पहिलो चिर्वाचन चिन्ह नेपाली कांग्रेसको हुनेछ भने दोश्रोमा नेकपा एमाले, तेश्रोमा नेकपा माओबादी केन्द्र र चौथोमा राप्रपाको चुनाव चिन्ह रहनेछ । आयोगले झन्डै डेढ करोड हाराहारीमा मतपत्र छाप्ने भएको छ । धेरै राजनीतिक दल दर्ता भएका स्थानमा मतपत्र ७५ सेन्टिमिटर सम्म लामो हुनेछ । मतपत्रमा महानगर, उपमहानगर, नगर तथा गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, खुला वडा सदस्य दुई, महिला सदस्य र दलित महिला सदस्यको लागि मतदान गर्ने बक्स रहनेछ ।




Post a Comment

 
Top