0
गोल्डेन न्यूज संवाददाता
पोखरा ४ गैह्रापाटनमा अवस्थित नविन माविले आफ्नो ५७औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयद्वारा वर्षभरी आयोजना गरिएको प्रतिभा प्रस्फुटन तथा अतिरिक्त कृयाकलाप, खेलकुद प्रतियोगिता लगायत वार्षिक परिक्षामा उत्तीर्ण हुने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले विद्यालयको समग्र सुधारका लागि महत्वपूर्ण सुझावहरू दिएका थिए ।   कार्यक्रममा स्रोत व्यक्ति मोहदत्त पोखरेल, अभिभावकहरूको तर्फबाट हुमनाथ पराजुली, भूपू विद्यार्थीको तर्फबाट जगननाथ कोइराला, भूपू प्रअको तर्फबाट जनकलाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्षको तर्फबाट विष्णुप्रसाद पराजुली, अक्षयकोष तथा चन्दादाताहरूको तर्फबाट गजेन्द्रबहादुर कोइराला पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत अनन्तप्रसाद कोइराला लगायतले बोलेका थिए ।  सो अवसरमा विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक शिरोमणि लामिछानेले प्रस्तुत गरेका थिए भने कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत सहायक प्रअ गौरीदेवी पौडेलले गरेका थिए भने संचालन शिक्षकद्वय निर्मला कोइराला र दिपक पौडेलले गरेका थिए । 




Post a Comment

 
Top