0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड क्लवको आयोजनामा कास्कीको कृष्ती नाच्नेचौरमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ३ सय बढीले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको युनाइटेड क्लवका कार्यसमिति सदस्य तथा स्वास्थ्य उपसमिति संयोजक सूर्यबहादुर बानियाले जानकारी दिए । युनाइटेड क्लवले आफ्नो उद्देश्य अनुसार स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा बालरोग, स्त्री रोग, हाडजोर्नी, फिजिशियन, छालारोग संगै निःशुल्क भिडियो एक्सरे तथा ल्याब परीक्षण गरिएको थियो । शिविरमा वरिष्ठ फिजिसियन डाक्टर सुवास सापकोटा,  जनरल फिजिसियन डाक्टर विष्णु नेपाली स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डाक्टर अञ्जली मेहता, हाडजोर्नी विशेषज्ञ, वालरोग विशेषज्ञ, छालारोग विशेषज्ञ डाक्टर लगायतले उपचार गरेका थिए । क्लवका अध्यक्ष शुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कृष्ती उपशाखाका सभापति लक्ष्मण पोख्रेल, कार्यक्रम संयोजक सूर्य बहादुर बानिया, विशेष अतिथि क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, भविष्य निर्माण मावि ब्यवस्थापन समितिका अध्यक्ष कमल भुजेल लगायतले शिविरको बारेमा प्रकाश पार्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । शिविरमा ३ लाख वरावरको औषधि निःशुल्क रुपमा वितरण गरिएको क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । क्लवमा महासचिव राजु श्रेष्ठले सञ्चालन गरेको शिविरमा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङ, द्वितीय उपाध्यक्ष लोकबहादुर थापा, सह कोषाध्यक्ष कृष्ण बहादुर थापा मगर, सदस्यहरु सावित्री थापा, निर्मला लामिछाने, दिनेश सुनार, पूर्णकला पोख्रेल र क्लवका कार्यालय सचिव नविन श्रेष्ठको सहभागीता रहेको रहेको थियो । शिविरमा नेपाल रेडक्रस सोसाइटी कृष्ती उपशाखाको ब्यवस्थापन, ठूलाचौर आमा समुह कृष्ती, जागरण महिला समूह कृष्ती, नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११ र भविष्य निर्माण मावि कृष्तीको सहयोग रहेको थियो ।





Post a Comment

 
Top