0
सरकाले स्थानीय निकायको चुनावको मिति घोषणा गरेसंगै पोखरा लेखनाथ महानगरपालिका २४ कास्कीकोटमा चुनावी सरगर्मी बढ्न थालेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय निवार्चनमा कति व्यक्तिहरुले सामाजिक संजालबाट उम्मेदवार हुने घोष्णा गरेका छन् भने कति आफू भन्दा ठूला नेताको आशिर्वादको पर्खाइमा रहेका छन् । १९ वर्ष पछि हुन लागेको स्थानीय चुनावले आज भोलि चिया पसलदेखि खेतवारीका काम काजी ठाउँमा पनि चर्चा चल्न थालेको छ । अझसम्म कुनैपनि दल आफ्नो पार्टीबाट औपचारिक घोषणा नगरे पनि भित्रिरुपमा आफू निकटका व्यक्तिहरुसगँको भेटघाट तीव्र बनाएका छन् भने कति स्वतन्त्र रुपमा चुनावी माहोलमा जाने पनि देखिएका छन्। महानगरपालिकामा गाभिएपछिको पहिलो निवार्चनमा साख जोगाउन र पहिलेको निरन्तरताको भंग गर्ने दाउमा अरु राजनीतिक दलहरु रहेका छन् ।

स्थानीय निवार्चनमा अधिकांश पार्टीका धेरै व्यक्तिहरुको आकांक्षी रहेको पार्टीका स्थानीय नेताहरु बताउछन् । नेपाली काङ्ग्रेसबाट पूर्व गाउँ इकाई कमिटी सभापति टेकप्रसाद अधिकारी, भरतबहादुर अधिकारी, प्रताप अधिकारी, मनहरि सुवेदी र युवा नेता पदम वस्ताकोटीलाई उठाउने चर्चा चलेको छ भने सोहि पार्टीभित्रका युवा र दक्ष उम्मेदवार बनाउनुपर्ने युवा पंक्तिको जोड रहेको छ । चैत्र १० गतेपछि मात्र पार्टीले कसलाई दिन्छ भन्ने टुङ्गो लाग्न सकेको छैन । जनताले भने युवा नेतृत्वको चाहना गरेका छन् ।  पहिलेका जस्ता कुलो काण्ड र भकारो सुधार जस्ता कार्यक्रम हैन दिगो विकास चाहिएको एक स्थानीय बताउछन् । अझसम्मका प्रायः स्थानीय निवार्चमा जित हासिल गर्दे आएको दोस्रो ठूलो दल नेकपा एमाले पनि आफ्नो पार्टीबाट कसलाई उम्मेदवार बनाउने निर्णय गरेको छैन भित्रि रुपबाट चुनावी माहोल बनाउन लागेको एमालेले अबको चुनावी  उम्मेदवार युवा नेतृत्व हुनुपर्नेमा पहल गर्न थालेको छ । एमालेकै एक सदस्यले अब कुनैपनि हालतमा युवाको नेतृत्व हुनुपर्नेमा जोड दिंदै आफ्नो ठाउँको विकासमा जोड्दिने र विकासका प्रशस्त योजना र कार्वान्वयन अबको आवश्यकता रहेको बताए। एमालेको वडा अध्यक्षयमा धैरै व्यक्तिहरुले इच्छा व्यक्त गरेका छन् तर पनि अव धैरैको मन युवा पंक्ति भित्रै छ । स्रोतका अनुसार एमालेको पुराना पुस्तादेखि नयाँ पुस्तासम्मको चर्चा चलिरहेको छ ।

एमालेको अञ्चल कमिटी सल्लाहकारदेखि पूर्व गाविस अध्यक्ष, साधारण सदस्य सम्मकाहरुले समेत उम्मेदवार बन्ने चाहना देखाएका छन् । तर एमालेले यसपालिको निवार्चन जित्नका लागि पुराना पुस्ता भन्दा नयाँ पुस्तालाई निवार्चनमा लानुपर्ने पार्टीका कतिपय नेताहरुले बताएका छन् । एमाले भित्र मनहरि त्रिपाठी, ओम सुवेदी आशिर्वाद सुवेदी, रामचन्द्र थापा, टंक त्रिपाठी, युवा पंक्तिका उम्मेदवार रहने सक्ने चर्चा चलिरहेको छ भने भीम सुवेदी इन्द्र भट्टराई, नारायण सुनार, वोधराज सुवेदी, बोधराज गिरीको पनि चर्चा चलेको छ ।  यसैगरी माओवादी केन्द्रमा भने यो चुनावमा पाटीको अन्य पार्टी सगँ सहकार्य गर्ने सङ्केत गरेको छ। माओवादी केन्द्रका कास्की कोटका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाका अनुसार टंक सुवेदी, बलराम सुवेदी भिम सुवेदीको चर्चा रहेको छ भने सो पार्टी उम्मेदवारको टुङ्गो लगाउने तयारी जुटेको छ । यता राप्रपाबाट तीर्थ सुवेदी, राजु कार्की को चर्चा रहेको छ चने नयाँ शक्तिबाट मिन बस्नेतको चर्चा रहेको छ ।
समाचार स्रोत ःगौरव त्रिपाठी

Post a Comment

 
Top