0
¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले लेखक तथा पत्रकार किशोर नेपालको निबन्ध सङ्ग्रह राक्षसको गीतमाथि शनिबार पोखरामा परिचर्चा गरेको छ । सोसाइटीको नियमित मासिक कार्यव्रmममा कृतिको परिचर्चा गर्दै प्रा. डा. अभि सुवेदीले किशोर नेपालले पत्रकारिता र मिडियाको विषयलाई निबन्धमा उतारेर रोचक प्रस्तुति दिएको बताए । साहित्यको प्रयोग गलत ठाउँमा गरेमा गलत परिणाम नै निस्कने बताउँदै ल्याङ्फ्याङ जिन्दगीलाई साहित्यकारले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।  पत्रकारितामा खारिएको किशोरको लेखनले निबन्धलाई निरन्तरता दिन सक्ने हो भने नेपाली साहित्यले राम्रो उपलब्धि हासिल गर्ने सुवेदीले आशा व्यक्त गरे । निबन्धकार नेपालले आफूलाई मन परेका निबन्धहरुको सङ्कलन गरेर राक्षसको गीत कृति निकालेको बताए । पत्रकारिता र साहित्यका दर्जन कृति लेखिसकेका नेपालले साहित्यका विभिन्न विधामा लेखिरहने प्रतिबद्धता व्यक्त गरे । कवि तीर्थ श्रेष्ठले किशोर नेपाल सदाबहार युवा भएको बताउँदै उनको लेखनमा आउने जीवन्त पात्रले सिर्जनलाई थप रोचक बनाएको बताए । सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा पुस्तक छनोट समितिकी संयोजक सरस्वती प्रतीक्षाले आगामी चैतको २६ गते मन्दिरा मधुश्रीको कथा सङ्ग्रह बुधनको घोडीमाथि दीपक समीपले परिचर्चा गर्ने जानकारी दिए। सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा सुरेश रानाभाट, मीरा ढकाल, ध्रुव केसी, नवराज आचार्य, हीरादेवी शर्मा, टङ्कराज बराललगायतले टिप्पणी गरेका थिए । हरेक महिनाको अन्तिम शनिबार सोसाइटीले कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

Post a Comment

 
Top