0
पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीलाई दिगोरुपमा संचालन गर्न पृथ्बीराजमार्ग बस संचालक समितिले नयाँ ढंगले सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष ऐनकुमार साई सहितको समितिको पदाधिकारीको जम्वो टीमले बुधबार एकेडेमीको अवलोकन गर्दै एकेडेमीलाई दिगो रुपमा संचालन गर्न नयाँ ढंगले सहयोग गर्ने भएको समितिका महासचिव योगेन्द्र केसीले बताए । सहारा क्लव स्थापना भएको २०५५ साल देखि आफूहरुले क्लवलाई सहयोग गर्दै आउने क्रममा पछिल्लो तीन बर्ष देखि एक लाख ५० हजार बराबरको उत्कृष्ट पाँच विधामा पुरस्कार सहयोग गर्दै आएको अबस्थामा एकेडेमीलाई समेत संचालन गर्न केहि सहयोग गर्ने समितिमा छलफल हुने भएको केसीले जनाए । समितिमा आवद्ध बस पोखराबाट छुट्दाप्रति बस १० रुपैया क्लबलाई सहयोग प्रदान गर्दै आएको छ । आफुहरुले स्थापना काल देखि क्लबलाई र पछिल्लो क्रममा आहा रारा गोल्ड कपलाई सहयोग गर्दै आउने एकेडेमीको वस्तुस्थिति बुझ्न पनि आफूहरुको टिम अवलोकन गर्न एकेडेमी पुगेको साईले बताए । उनले भने–‘सहारा एकेडेमीलाई पनि अब हामीले केहि न केहि सहयोग गर्ने छौं, हामी समितिमा छलफल गर्नेछौं ।’ एकेडेमीमा पुगेका समितिका अध्यक्ष साई सहितको टिमलाई क्लवका अध्यक्ष वीरभद्र आचार्य सहितको टिमलाई स्वागत तथा मायाको चिनो प्रदान गरिएको क्लवका बरिष्ठ उपाध्यक्ष केशव बहादुर थापाले बताए ।

Post a Comment

 
Top