0
गोल्डेन न्यूज संवाददाता
पोखराको रानीपौवास्थित अर्ली चाइल्ड हुड एजुकेशन सेन्टर मण्टेश्वरी स्कूलले विविध कार्यक्रम आयोजना गरि ग्राण्ड अभिभावक दिवस मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरीक्षक खेमराज पौडेलले आफूले स्कूलको सुन्दर भविष्य देखेको भन्दै गुणस्तरीय शिक्षामा विशेष जोड दिन आग्रह गरे । उनले इसीइसी मण्टेश्वरी पोखरामा संचालित मण्टेश्वरीहरुको तुलनामा उत्कृष्ट रहेको स्पष्ट पार्दै आधारभूत शिक्षा तहसम्म कक्षा संचालन गर्ने भएकाले पनि अन्य भन्दा फरक रहेको बताए । कार्यक्रममा विद्यालयका अभिभावक ईश्वर कर्माचार्यले इसीइसी मण्टेश्वरीमा पढेका बालबालिका विद्यार्थीहरुको प्रगति निकै छिटो भएको आफूले पाएको बताए । उनले भने–‘विद्यालयको सबै पक्ष राम्रा छन् । यसलाई अझै वृद्धि गर्दै लगेमा इसीइसी मण्टेश्वरी नेपालकै उत्कृष्ट बन्नेमा दुईमत छैन ।’ विद्यालयकी प्राचार्य साल्वी बाँस्तोला मर्सानीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा युकेजीका संवृद्धि प्रदानले स्वागत, शिक्षिका रेखा पहारीले कार्यक्रम संचालन र धन्यवाद ज्ञापन कक्षा २ का स्यारोन गुरुङले गरेका थिए।  कार्यक्रममा विद्यार्थीहरुले नाटक, नृत्य, चुटकिला, कविता,  निवन्ध प्रस्तुत गरेका थिए। कार्यक्रममा कक्षा १ का ओशिन गुरुङले कविता, कक्षा ३ का आर्य गुरागाइँले निवन्ध, कक्षा २ का स्वागत शाहीले चुट्किला प्रस्तुत गरेका थिए । उक्त अवसरमा विद्यालयका कर्मचारी माया ढकाललाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । 
यसैगरी विद्यालयबाट मण्टेश्वरी तालिम लिएका १६ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको विद्यालयका निर्देशक दीपेन्द्र मर्सानीले जानकारी दिए । 





Post a Comment

 
Top