0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरा रंगशालाभित्र बनेको विभिन्न टेनिस कोर्टमध्ये शनिबार तीनवटा टेनिस कोर्टको एकै पटक उद्घाटन गरिएको छ । टेनिस कोर्ट निर्माणमा सहयोग गर्ने दाताहरुलेनै टेनिस कोर्टको उद्घाटन गरेका हुन् । टेनिस कम्प्लेक्स हाताभित्र निर्माण भएको कोर्र्ट नम्बर ३ बि एण्ड बि टेनिस कोर्टको बिमल बस्यालले, कोर्ट नम्बर ४ सूर्य–प्रेम टेनिस कोर्टको किरण केसीले तथा कोर्ट नम्बर ५ नेपाली हङकङ्ग टेनिस कोर्टको हङकङ नेप्लीज टेनिस सोसाइटीका अध्यक्ष मगेन राईले उद्घाटन गरेका हुन् । सो अवसरमा टेनिस संघ कास्कीले दाताहरुलाई सम्मान पत्रले सम्मान समेत गरेको थियो । त्यसैगरि टेनिस कम्प्लेक्समा भौतिक निर्माणमा सहयोग गरेको भन्दै तमुधि जापानका अध्यक्ष श्री गुरुङ्गलाई पनि संघले सम्मान ग¥यो ।  त्यस्तै टेनिस कम्प्लेक्ससम्म खानेपानीको धारा पु¥याउन सहयोग गरेको भन्दै खानेपानी संस्था पोखराका प्रमुख निरन महर्जनलाई पनि सम्मान गरिएको थियो । संघ कास्कीका अध्यक्ष विनोद कायस्थ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, सशस्त्र प्रहरी बलका एसएसपी कृष्णभक्त बर्माचार्य लगायतले सम्मान–पत्र प्रदान गरेका थिए ।  यसैबीच होली कप पोखरा ओपन डबल्स टेनिस प्रतियोगिताको उपाधी राजन पौडेल र अनिल तुलाचनको जोडीले जितेका छन् । शनिबार भएको फाइनल खेलमा उनीहरुले अनिल शाही र रामराजा कार्कीको जोडीमाथि २–६, ६–४ र ६–२ को नतिजा निकालेका थिए। विजयी खेलाडीहरुलाई ट्रफी पुरस्कार प्रदान गरिएको थियो । संघ कास्कीका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गर्दै टेनिस कोर्ट निर्माणमा सहयोग गर्ने दाताहरुलाई धन्यबाद ज्ञापन गरे । आगामी दिनहरुमा पोखराबाट उत्कृष्ट युवा खेलाडीहरुको उत्पादनमा संघ कास्की लागि पर्ने उनले जनाए ।

Post a Comment

 
Top