0
पोखरा उप–महानगरपालिका वडा नंं.१८ को मनोहर क्लबको १६ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम एक कार्यक्रमका बीच शनिवार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै पोखरा उपमहानगरपालिकाका (हालको महानगरपालिका) का योजना महाशाखा प्रमुख एवं वरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले अबदेखि पोखरा लेखनाथ महानगरपालिका भएकोले अबका दिनमा पनि यस क्षेत्रमा उपमहानगरपालिकाबाट भइरहेको विकास निर्माणको कार्यमा महानगरपालिका भएपछि पनि निरन्तरता दिन पहल गर्ने बताए ।  पोखरा उपमहानगरपालिकाका पूर्व मेयर एवं सामाजिक व्यक्तित्व भीमसेन थापाले क्लबले गरेको कामको प्रशंसा गर्दै क्लबले निर्माण गर्न लागेको पार्कको सम्पन्न गर्नका लागि आफूले कुनै न कुनै ठाउँबाट सहयोग रकम जुटाउने प्रतिवद्धता समेत व्यक्त गरे । स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलाले सामाजिक कार्यमा राजनीतिक दल भन्दा सामाजिक संघ संस्था अघि बढ्नुपर्ने बताए । 
नेपाली काँग्रेस इकाई १८ का सभापति एवं क्लबका सल्लाहकार बोधबहादुर कार्की, नेकपा एमालेका प्रतिनिधि गोपाल सापकोटा, एमाओवादी केन्द्रका इकाई अध्यक्ष खड्क वि.क., राप्रपा इकाई अध्यक्ष रमेश त्रिपाठी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  क्लबका संस्थापक अध्यक्ष ललितबहादुर बानियाँ, क्लबका निवर्तमान अध्यक्ष एवं सल्लाहकार रेशम जि.सी., महिला समन्वय समितिकी अध्यक्ष एवं क्लबका सल्लाहकार इन्द्रामाया बानियाँ, मन्दिर संरक्षण समितिका अध्यक्ष बासुदेव बानियाँ, नव प्रतिभा सामुदायिक विकास प्रतिष्ठानका अध्यक्ष ई. महेन्द्र आचार्य, समाज सुधार आमा समूहकी अध्यक्ष मोतीमाया अधिकारी, मसिना टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र सुवेदीले पनि कार्यक्रममा बोलेका थिए । त्यसैगरी साधारण सभाकै अवसर पारेर मनोहर क्लबको खेलकुद क्षेत्रमा सहयोग गर्नु हुने सहयोगदाता एवं सामाजिक व्यक्तित्वहरु विश्वास श्रेष्ठ, बोधबहादुर कार्की, गोकर्ण कार्की, रोमबहादुर कार्की, कृष्ण कार्की, योज्ञेश्वर पोखरेल, मोतीबहादुर बानियाँलाई प्रशंसा पत्र र ढाकाको टोपी लगाई कार्यक्रमका प्रमुख अतिथि लगायतले सम्मान गरेका थिए । मनोहर क्लबका अध्यक्ष रामजी जि.सी. को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहसचिव मिलन के.सी.ले, कार्यक्रम सञ्चालन सचिव रविकिरण पराजुलीले र प्रमुख अतिथि लगायत अतिथिहरुलाई ब्याज वितरण क्लबका सदस्यद्वय दीपा थापा र पवित्रा के.सी. गरेका थिए ।

Post a Comment

 
Top