0
क्षयरोग विश्वमा  प्रमुख जन–स्वास्थ्य समस्याको रुपमा रहिआएको छ। वि.स.२०७० को तथ्यांक अनुसार नेपालमा करिब ६० प्रतिशत वयष्क जनशक्ति क्षयरोग बाट संक्रमित छन्। त्यसमध्ये करिब ८० हजारदेखि ९० हजार मानिस क्षयरोगबाट पीडित छन् र करिब ५ हजारदेखि ७ हजार व्यक्ति प्रति वर्ष क्षयरोगबाट मर्ने गर्छन्। क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस सस ९थअयदबअतभचष्गm तगदभचअगयिकष्क० नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ, खाना, यौनजन्य क्रियाकलापबाट भने सर्दैन। र अर्को कुरा क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन। 

यदि क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन, रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ। जस्तैः कुपोषण, एच.आई.भी. संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ। क्षयरोगको किटाणुले आक्रमण गरेका व्यक्ति मध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकशित हुन सक्छ अर्थात रोगका लक्षण देखा पर्दछन्। मुख्यतः क्षयरोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ–फोक्सोको क्षयरोग  र फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थी, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि)। फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोगको निदान गर्न फोक्सोको क्षयरोग भन्दा गाह्रो हुन्छ ।  फोक्सोको क्षयरोगका लक्षणहरू ः दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, खासगरी बेलुकापख ज्वरो आउनु, छाति दुख्नु, खाना अरुची हुनु, खकारमा रगत देखिनु आदि । त्यसैगरी फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगका लक्षणहरु अंग अनुसार फरक हुने गर्छ। जस्तै टि.बी. मेनेन्जाइटिस भएको खण्डमा विस्तारै–विस्तारै टाउको दुख्न थाल्ने, ज्वरो आउने, घाँटी अररो हुने, मानसिक भ्रम हुने, शरीर काम्ने तथा बेहोस हुने आदि हुन सक्छ। हाड तथा जोर्नीको क्षयरोग भएको खण्डमा क्षयरोगले प्रभावित पारेको हाड वा जोर्नी दुख्ने, हाड जोर्नी चलाउन गाह्रो हुने तथा सुन्निने, पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ। पेटको क्षयरोग भएको खण्डमा पेट दुख्ने, दिसा पातलो हुने, दुब्लाउँदै जाने, पेटमा छाम्दा डल्लो फेला पनेर्, मन्द ज्वरो आउने तथा खाना रुची नहुने आदि हुन सक्छ।  त्यस्तै ग्रन्थीको क्षयरोग भएको खण्डमा  ग्रन्थीको आकार बढ्ने, ग्रन्थीमा तातोपन नहुने, सुन्निने ग्रन्थी नदुख्ने साथै धेरै ग्रन्थीहरु एक अर्कामा जोडिएको जस्तो हुने र पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ। फोक्सोको क्षयरोग निदान गर्ने सरल ,भरपर्दो उपाय भनेको खकार परीक्षण गर्नु नै हो।  दुइ हप्ता भन्दा बढी खोकी लागेमा अनिवार्य खकार परीक्षण गर्नुपर्दछ। त्यस्तै  क्षयरोग निदानको लागि एक्स–रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन्। केही गरी निदान गर्न गाह्रो भएमा न्भलभ ह्उभचत प्रविधिबाट परीक्षण गराउनु पर्छ। फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि ँल्ब्ऋ, द्यष्यउकथ, ऋगतिगचभ तभकत आदि परीक्षण उपयोगी हुन्छन् । क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट  पूर्ण रूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ । उपचार अवधी भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ। यस अवधिमा सबै विरामीहरुलाई डट्स अन्तर्गत राखेर उपचार गरिन्छ, जसमा  विरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ। औषधिहरु को सेवनबाट  पिसाव रातो हुन सक्छ तर यो सामान्य हो, डराउनु पर्दैन ।

थाइराइड समस्या र यसको उपचार, थाइराइड किन हुन्छ ?

थाइराइड घाँटीमा आउने एउटा सामान्य समस्या हो । धेरै जटिलता ल्याउने, आयु नै घटाउने समस्या होइन । घाँटीमा टी थ्री र टी फोर रसायनले शरीरका विभिन्न अंगहरूमा गएर तागत दिने काम गर्छ, जसलाई मेटापोलिजम भनिन्छ । थाइराइड ग्रन्थीमा कुनै गडबडी भयो भने थाइराइडको समस्या हुन्छ । थाइराइड ग्रन्थीमा दुई प्रकारको हर्मोन हुन्छ । धेरैजसो आउने बिरामीमा देखिने भनेको हर्मोन कमीको कारण थाइराइड भएको दखिएको छ, जसलाई हाइपोथाइरोइडिजम भनिन्छ । हाइपोथाइरोइडिजम भनेको जुनथाइराइड ग्रन्थी हुन्छ, त्यो अलिकति अन्डर एक्टिभ हुन्छ । अथवा त्यति राम्रोसँग काम गर्न सक्दैन । जुन कारणले गर्दा हर्मोनको कमी हुन्छ । हर्मोनको उत्पादन राम्ररी हुँदैन । विषेशगरी महिलाहरूलाई धेरै मात्रामा थाइराइड देखिएको छ । 
थाइराइड हर्मोन कम किन हुन्छ ?
पहिलेको समयमा आयोडिनको कमीले हर्मोन कम हुन्थ्यो । तर अहिले हर्मोन कमी हुने सबैभन्दा कमन कारण अटो इम्युन हो । यो भनेको बडीकै इम्युन सिस्टमले वा हाम्रो बडीमा हुने बाहिरी किटाणुसँग लड्ने शक्ति (इम्युनिटी पावर) गडबडी भयो भने शरीरकै इम्युन सिस्टमले शरीरकै अंगलाई राम्रोसँग नचिनेर भत्काइदिन्छ । किनकि यसको काम नै भत्काउने हो, त्यसकारण ग्रन्थीले राम्रोसँग काम गर्न सक्दैन । यदि अटो इम्युन समस्या हो भने चाहिँ जुन ग्रन्थी भत्केको छ वा हर्मोन कमी छ, त्यो जीवनभरको लागि नै कमी हुन्छ । अरु कारणले पनि हर्मोन कमी हुन सक्छ । भाइरस संक्रमण भएको छ भने बच्चा भर्खरै पाउनुभएको छ भने पनि थाइराइड हर्मोन कमी हुन सक्छ । यो जटिल समस्या होइन, सजिलो रोग हो । जुन हर्मोन कमी छ त्यो लिन मिल्छ । इन्जेक्सनमा होइन, ट्याब्लेटमा नै मिल्छ । जीवनभरी खाने होकिनखाने कुरा हो भन्ने हुन्छ । 
हर्मोन कमी भए के लक्षण देखिन्छ ?
हर्मोन कमी हुँदा शरीरका सबै अंगहरूको फङ्सन ढिलो भइदिन्छ । ढिलो भएपछि मोटाउने, सुन्निने, मुटुको धड्कन कम हुने, महिनावारी गडबड हुने, हातखुट्टा झमझमाउने, लुलो हुने, थकाइ लाग्ने, बढी निद्रा लाग्ने, कब्जियत हुने, कपाल झर्ने आदि लक्षण देखा पर्छ किनभने शरीरको अंगमा तागत हुँदैन । त्यसैले यस्तो खालको लक्षण देखा पर्छ । कुनै यस्तो लक्षणहरू छ भने एकचोटी थाइराइड जँचाउनै पर्छ । विषेशगरी थाइराइड समस्याचाहिँ महिलाहरूमा बढी देखिन्छ किनभने यो अटो इम्युन रोग हो ।
हर्मोन बढी हुने समस्या
हर्मोेन बढी भए पनि नराम्रो हो र कम भए पनि नराम्रो हो । बढी भयो भने हर्मोन कम हुँदा सबै कुरा ढिलो भइदिन्छ भने हर्मोन बढी भयो भने शरीरको सबै अंगको फङ्सन छिटो–छिटो भइदिन्छ । हर्मोन कम हुँदाको ठ्याक्कै अपोजिट 
(उल्टो) हुन्छ । तौल घटेर जाने, मुटुको धड्कन एकदमै छिटोछिटो हुने, चिटचिट पसिना आउने, दिसा बढी लाग्ने, निद्रा नलाग्ने, हातखुट्टा काम्ने, रिस उठ्ने आदि लक्षणहरू देखा पर्छ । 
हर्मोन बढी के कारणले हुन्छ ?
सबैभन्दा कमन कारण ७० देखि ८० प्रतिशत अटो इम्युनले गर्दा हुन्छ, जसलाई ग्रेप्स डिजिज भनिन्छ । इम्युन सिस्टमले हर्मोन कमीमा ग्रन्थी भत्काउँछ भने बढी वा हाइपोथाइरोडिजम हुँदा इम्युन सिस्टमले ग्रन्थीलाई बढी मात्रामा काम गर्न लगाउँछ । अरु कारण पनि हुन्छ घाँटीमा गाँठो छ भने त्यो मानिसको उमेर बढी भएको छ भने बढी देखिन्छ । अरु भनेको कहिलेकाहीँ एउटामात्रै गाँठो हुन्छ । त्यसले बढी मात्रामा काम गर्छ । अर्को थाइरोडाइटिस भन्ने समस्या हुन्छ, जुन भाइरल संक्रमणले हुने समस्या हो । यो समस्या भनेको छोटो समयलाई मात्र हुने हो । यसले पनि हर्मोन बढी हुन्छ । कसैलाई डेलिभरीपछि महिलाहरूमा देखिन्छ । यसमा छोटो समयलाई हर्मोन बढी हुन सक्छ तर पछि आफैँ नर्मलमा जान्छ ।
उपचार के हुन्छ ?
हर्मोन कमी छ भने हर्मोन दिने । हर्मोन बढी छ भने हर्मोन घटाउने औषधि दिने हो, जसलाई एन्टिथाइराइड भनिन्छ । तर यो औषधि जीवनभर खान मिल्दैन । औषधिले ५० प्रतिशतमा रोग निको पारिदिन्छ, ५० प्रतिशतमा चाहिँ औषधि रोकेपछि रोग फिर्ता आउन सक्छ । अर्को अप्सन भनेको एउटा झोल आयोडिन हुन्छ, यसको काम ग्रन्थी सुकाउने हो । यो एक डोज खाने जुन बढी मात्रामा काम गरिरहेको ग्रन्थीलाई नै सुकाइदिन्छ र हर्मोन बढीलाई हर्मोन कमीमा लगिदिन्छ । हर्मोन कमी त सजिलो हुन्छ, तर थाइरोडाइटिस समस्या छ भने चाहिँ कुनै पनि ट्रिटमेन्ट चाहिँदैन । किनकि आफैँ नै हर्मोन नर्मलमा जान्छ । थाइराइड हर्मोन गडबडी छ कि छैन भनेर लक्षणको आधारमा डाइग्नोसिस गर्न मिल्दैन । यसको लागि थाइराइड फङ्सन टेस्ट भनेर रगत जाँच हुन्छ । त्यो जाँचन गरी त्यसलाई खाली लक्षणको आधारमा मात्रै थाइराइडको औषधि चलाउन मिल्दैन । त्यो टेस्ट गरेपछि मात्रै तपाईंको थाइराइड ग्रन्थीले कस्तो काम गरिरहेको छ, हर्मोनको लेभल कस्तो छ, बढी छ कि कम त्यो जाँच गरेर मात्रै हामीलाई थाहा हुन्छ । जति पनि थाइराइड समस्यामा हामीले लक्षण देख्छौँ, यसलाई ननस्पेसिफिक लक्षण भनिन्छ । यो कुनै पनि रोगमा देखिन सक्छ । जस्तैः थकाइ लाग्ने सबै रोगमा देखिन्छ । मुटुको धड्कन बढ्ने अरु रोगको कारणले गर्दा पनि हुन्छ, महिनावारी गडबड हुने पनि अरु रोगको कारण हुन्छ । त्यसैले लक्षणको आधारमा आफैँले कहिल्यै पनि थाइराइडको समस्या छ भनेर भन्न मिल्दैन । तर यी लक्षणहरू देखा परेको छ भने एकचोटी थाइराइड जँचाए राम्रो । 
समस्या र जटिलताहरू 
हर्मोन कमी वा हाइपोथाइरोइडिजम भयो भने यदि तपाईंको हर्मोन एकदमै कमी जिरो लेभलसम्म छ । धेरै वर्षसम्म ट्रिटमेन्ट पाउनु भएन भने कोमासम्म जान सक्छ । फोक्सो, मुटुमा पानी जम्न सक्छ, मुटुमा पानी जम्यो भने पेरिकार्डियल फ्युजन भनिन्छ । हर्मोन बढी भयो भने पनि जटिल हो । बिरामीहरूमा देखिने जटिलता हुन्छ, जसमा मुटुको ताल गडबडी हुन्छ, मुटुले राम्रोसँग काम गर्दैन । मुटुको काम भनेको रगतलाई राम्ररी पम्प गर्ने काम हो । थाइराइड स्ट्रोम भन्ने जटिल समस्या हुन सक्छ । सबै ट्रिटमेन्ट टाइममा पाउनु भएन भने जटिलताहरू आउन सक्छ । कसैकसैलाई लक्षणहरू एकदम नराम्रो हुन्छ । हर्मोन कमी छ भने हातको नसा सुन्निने, त्यसले काम गर्न गाह्रो हुन्छ । हात लाटो हुन्छ, झमझमाउँछ । यो समस्या खानपिनले गर्दा भएको होइन । यसलाई न खानपिनले सुधार गर्न सक्छ न व्यायामले सुधार गर्छ । यसको लागि ट्रिटमेन्ट नै चाहिन्छ । डाक्टरको सल्लाहअनुसार औषधि प्रयोग गर्नुपर्छ । खानेकुरामा केही पनि बार्नुपर्दैन । 

नेपालमा थाइराइडको बिरामीहरू बढिरहेका छन् । मानिसमा जागरुकता पनि बढेको छ । नजिकै कसैलाई थाइराइड भएको छ भने सबैले फलानालाई थाइराइड भएको रहेछ भन्छन् । त्यसले गर्दा म पनि चेक गर्छु भनेर जचाउँछन् र यसका रोगीहरू बढी देखिन थालेका छन् ।  जीवनशैलीले आएको रोग नभएका कारण यसलाई रोकथाम गर्ने कुनै उपाय छैन । ३० वर्ष उमेर पार गरिसकेपछि गर्भवती हुने योजना बनाउनुभएको छ भने एकचोटि थाइराइड चेक गर्नुपर्छ । विशेषज्ञसँग सल्लाह लिएर ट्रिटमेन्ट गर्दा हुन्छ ।

के हो बाँझोपन, कसरी हटाउने?

 ड. नुतन शर्मा 
कुनै श्रीमान श्रीमतीबीच एक वर्षसम्म कुनै पनि गर्न्निरोधक साधन प्रयोग नगरी सम्बन्ध राखे पनि बच्चा रहँदैन भने त्यसलाई साधारण भाषामा बाँझोपन भनिन्छ। बाँझोपन नेपालको मात्र समस्या नभएर विश्वकै चुनौतीपूर्ण समस्या हो। एक वर्षसम्म महिलामा रजस्वला भएदेखि र पुरूषमा वीर्य उत्पादन हुन थालेपछि नियमित यौन सम्पर्क गर्दा पनि बच्चा नहुनुलाई बाँझोपन भनिन्छ । बाँझोपन दुई प्रकारका हुन्छन्( प्राथमिक र दोस्रो। कहिले पनि बच्चा बसेको छैन भने त्यसलाई प्राथमिक बाँझोपन भनिन्छ। त्यस्तै एउटा बच्चा बसेपछि लामो समयसम्म प्रयास गर्दा पनि नबसेमा भने यो दोस्रो खालको बाँझोपन हो। किन यस्तो हुन्छ? सत्तरीदेखि असी प्रतिशतसम्म बाँझोपन हाम्रो आफ्नै कारणले हुन्छ। यो एउटा आश्चर्यको कुरा हो।  तर, सत्य यही हो। यो सबै कारण आफ्नो व्यवहार र दैनिक क्रियाकलापमा भर पर्छ। पन्ूदेखि बीस प्रतिशत कारण मात्रै जन्मजात हुन्छ। पाठेघर नहुने, डिम्बाशय नहुने, पाठेघरको फर्मेशन राम्रो नहुने जस्ता कारणले जन्मजात बाँझोपना हुन्छ। सत्तरीदेखि असी प्रतिशत कारणमा सबैभन्दा महत्वपूर्ण कारण संक्रमण हो। महिलामा जनचेतनाको अभाव छ। संक्रमण भएपछि पनि उनीहरु जँचाउन आउँदैनन्। फोहर पानी बगेको छ, पाठेघरमा घाउ छ, ढाड दुख्छ पेट दुख्छ भने यी सबै कुरा हुँदा पनि उनीहरू चिकित्सक कहाँ जाँदैनन्। जहिलेबाट एकदमै असजिलो हुन्छ, त्यसपछि मात्रै उनीहरू चिकित्सक कहाँ जान्छन्। यस्ता खाले संक्रमणको बेलैमा उपचार गर्न सकियो भने बाँझोपनबाट बचाउन सकिन्छ। पाठेघरको संक्रमण हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्यूबमा संक्रमण गराउँछ। ट्यूवमा संक्रमण भएपछि ट्यूब व्लक हुन्छ। ट्यूब व्लक हुनेबित्तिकै बच्चा बस्दैन। बच्चा बस्नलाई डिम्बाशयबाट अण्डा फुट्नुपर्छ। स्पर्म तलबाट पाठेघरभित्र छिरेर ट्यूबमा गएर पुरुष स्पर्मसँग मिलन हुन्छ अनि बच्चा बस्छ। यदि ट्यूब ब्लक हुन्छ भने बच्चा बस्दैन। 
त्यसैले संक्रमण बाँझोपनाको सबैभन्दा पहिलो कारण हो। दोस्रो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ। महिलाको उमेर एउटा महत्वपूर्ण पाटो हो। यो कुरा पुरूषको हकमा लागू हुँदैन। महिलाको एउटा निश्चित उमेर हुन्छ। यसको अर्थ महिलामा जुन डिम्बाशय हुन्छ त्यसको एउटा ‘पार्टिकुलर फोलिकल काउण्ट’ हुन्छ। उसले निश्चित फोलिकल्स लिएर जन्मिएको हुन्छ। यो कसैको बढी हुन्छ कसैको कम हुन्छ। त्यसैले उमेर बढ्दै जाँदा राम्रो फोलिकल निस्कने क्रम घट्छ। जस्तै हामी कुनै पनि लटमा पहिला फ्रेश कुरा निकाल्छौ। जस्तै महीनावारीमा पहिलो, दोस्रो दिनदेखि अण्डा बन्न सूरू गर्छ। एउटा अण्डा बन्नलाई आठ दस वटा अण्डाको समूह चाहिन्छ। त्यो समूहमा सबैभन्दा राम्रो राम्रो अण्डा बन्न थाल्छ। महिनावारी भएको १३, १४ दिनसम्म एउटा अण्डा मात्रै बाँकी रहन्छ बाँकी सबै अण्डा सुक्छ, फुट्छ। 

एउटा अण्डा मात्रै परिपक्व हुन्छ त्यो अण्डा कसैको १२ कसैको १३ र कसैको १४ दिनमा बन्छ। त्यो अण्डा यदि ‘फर्टिलाइजेसन’ हुन्छ भने बच्चा बन्छ। यो जुन प्रक्रिया एउटा उमेर समूहमा मात्र हुन्छ। आमा बन्नलाई तीस वर्षको वरिपरि राम्रो महिलाको उमेर पैतीस, चालिस नाघेपछि अण्डाहरूको मात्रा कम हुँदै जान्छ। त्यसबाट आउने राम्रो अण्डाहरुको मात्रा पनि स्वतः कमी हुन्छ। यस्तो अवस्थामा बाँझोपनको समस्या बढ्दै जान्छ। तीस वर्षभन्दा कम उमेरको महिला र पैतीस वर्षभन्दा बढी उमेरको महिलामा तुलना गर्ने हो भने पैतीस वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या दश गुणा बढी हुन्छ। पहिला महिलाहरू सक्रिय थिएनन्। उनीहरु घरकै काममा केन्द्रीत रहन्थे। बिहे भयो बच्चा पायो महिलाहरू यसैमा केन्द्रित थिए। त्यसैले बाँझोपनको समस्या पनि कम थियो। 

आजको समयमा किन बाँझोपनको समस्या छ भने अहिले महिलाहरु पढाई र आफ्नो ‘करीयरमा’  वा व्यवसायमा ध्यान दिन्छन्। जसले गर्दा बिहे ढिलो हुन्छ। मेरो काम छ जागिर छ म बच्चा पछि पाउँछु भन्दा भन्दै एउटा उमेर जान्छ। यदि कसैले बेलैमा बिहे गर्छु बच्चा जन्माउँछु भन्यो भने यो समस्या हुँदैन। एउटा महिलाको लागि बच्चा जन्माउन पैतीस वर्षभन्दा तलको उमेर हुनैपर्छ बच्चा जन्माउन। तीस वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो। पैतीस वर्ष त कट्नै भएन। अर्को महत्वपूर्ण कारण लामो समयको ‘ग्याप’। सामान्यतया विहे भएपछि महिलामा ‘इन्फेक्शनको’ समस्या बढी हुने सम्भावना हुन्छ। यदि कसैको ‘इन्फेक्शनको’ कारणले लामो समयसम्म बच्चा भएन भने यसले पनि बाँझोपन बढाउँदै जान्छ। बिहे भएपछि पनि चार, पाँच वर्षपछि बच्चा जन्माउँछु भन्ने मान्यतासमेत बढ्दै गएको छ। यो अबधिमा हुने ग्यापको कारणले पनि ‘इन्फेक्शन’ हुनसक्छ। हाम्रो देशमा अधिकांश दम्पत्तिलाई सुरक्षित समय के हो असुरक्षित समय के हो थाहा हुँदैन। यस्तो भएपछि गर्भवती बन्छन् अनि गर्भपतन गराउँछन्।  गर्भपतन सधै सुरक्षित हुन्छ भन्ने पनि छैन। कोही क्लिनिकमा जान्छन् कोही कता जान्छन्, कोही लुकाएर गर्छन्। यसरी असुरक्षित गर्भपतन पनि बाँझोपनको एउटा प्रमुख कारण हो। असुरक्षित र गैर कानुनी गर्भपतनले ‘इन्फेक्शन’ गराउँछ। कहिले कहिले नराम्रो सामाग्री प्रयोग गर्दा पाठेघर नै जानसक्छ। त्यसैले असुरक्षित गर्भपतन पनि एउटा महत्वूपर्ण कारण हो। बिहे गरेपछि पनि कसैले कपर्टी राख्छन् आफैं गएर। कसैले तीन महिनाको सुई लिन्छन्। कति साधन बच्चा पाएपछि प्रयोग गर्ने हो कती साधन बच्चा नपाउँदै प्रयोग गर्ने हो त्यसमा ध्यान दिनुपर्छ। त्यसको जानकारी नभएको कारणले पनि बाँझोपन हुन्छ।  गर्भनिरोधक साधनको सही उपयोग एकदमै जरूरी छ।  बाँझोपन कसरी हटाउने? समयमा बिहे गर्ने, समयमा बच्चा जन्माउने हो भने बाँझोपनको समस्या नै हुँदैन। इन्फेक्सनको समयमा नै उपचार गर्नुपर्छ। गर्भ्निरोधका साधन प्रयोग गर्नुभन्दा पहिला चिकित्सकसँग छलफल गर्नुपर्छ।
 आफूलाई सुहाउने साधनको मात्रै प्रयोग गर्नुपर्छ। बेलाबखत आफ्नो जाँच गर्नुपर्छ। असुरक्षित गर्भ रह्यो भने त्यसलाई सुरक्षित ठाउँमा गएर गर्भपतन गराउनुपर्छ। यती सावधानी अपनायो भने बाँझोपनको समस्या असी प्रतिशतले समाधान हुन्छ। यति गर्दा पनि बाँझोपनको समस्या आयो भने यसको कारण पत्ता लगाउनुपर्छ। ट्यूवको कारणले होकी डिम्बाशयले काम नगरेको हो त्यो पत्ता लगाउनुपर्छ।  कहिलेकाँही थाइराइड र हर्मोनको कारणले पनि बाँझोपन हुन्छ। यसको उपचार गर्नुपर्छ। यदि ‘डिम्बाशयमा’ अण्डा छैन भने अरू महिलाको डिम्बाशयबाट अण्डा ल्याएर आफ्नै श्रीमानबाट ‘फर्टीलाईज’ गरेर ‘टेस्टट्यूव बेबी’ बनाउन सकिन्छ। बाँझोपन हुने कारण   कुनै एक कारणले मात्र बाँझोपन हुदैन । बाँझोपन हुने कारण धेरै छन् । महिला र पुरुष दुबैका समस्याका कारण बाँझोपन हुनसक्छ। जस्तै , १.पुरुषमा वीर्य उत्पादन कम हुनु वा नहुनु, महिलामा पाठेघरमा समस्या हुनु। २.लामो समयसम्म अस्थायी साधनको प्रयोग गर्नु। (कपर्टी, तीन महिने सुई वा विभिन्न साधन) ३.पाठेघरमा संक्रमण (इन्फेन्सन)हुनु। ४.पटकञ्पटक गर्भ फ्याल्नु। ५.महिनावारी रोक्ने औषधिको बढी सेवन गर्नु। ६. बढी तौल हुनु तथा थाइराइडको समस्या हुनु। ७.लागूऔषधको अत्याधिक सेवन आदि। बाँझोपनका लक्षण स् अधिकांशमा बाँझोपनको लक्षण नदेखिन पनि सक्छ। तर अनियमित महिनावारी हुनु तथा धेरै दुखाई हुनु, यौन सम्पर्क गर्दा अति पीडा हुनु, यौन सम्पर्कका बेला पुरुषको यौन अंग उत्तेजित नहुनु। साथै यौन रुची घट्नु, आँखा धमिलो देखिनु वा कपाल बढी झर्नेहरुमा बाँझोपन हुने संभावना बढी हुन्छ। 
(प्रसुति तथा स्त्री रोग एवम् बाझोपन रोग विशेषज्ञ)













Post a Comment

 
Top