0
नेकपा एमाले पोलिटव्युरोका वैकल्पिक सदस्य जगत विश्वकर्माले राष्ट्रिय स्वाधिनता र राष्ट्र हितका लागि एमाले जुनसुकै वलिदान दिन तयार रहेको बताएका छन । एमाले पोखरा १९ लामाचौर र साविक पुरन्चौर गाउँ विकास समितिको सोमबार लामाचौरमा आयोजित संयुक्त पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रदेश नं. ४ का सचिवसमेत रहेका विश्वकर्माले स्थानीय तहको निर्वाचन लगायतका निर्वाचनहरुमा राष्ट्रवादी शक्तिको जीतले नै मुलुक जोगिने हुँदा   निर्वाचनमा लाग्न सबै कार्यकर्तालाई आह्वान गरे ।  कार्यक्रममा बोल्दै एमाले सांसद रवीन्द्र अधिकारीले मधेशी मोर्चालाइ अघि सारेर नेपाली कांग्रेस र माओवादी केन्द्र स्थानीय तहको निर्वाचनबाट भाग्न खोजेको तर देश निर्वाचनमा होमिइसकेकाले कसैले चाहेर निर्वाचन नरोकिने बताए।
उनले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको पहिलो कडी भएको र एमाले हार्न तयार भएपनि मुलुकलाई हार्न नदिने बताए । विकास समितिका सभापति समेत रहेका अधिकारीले स्थानीय निकाएको निर्वाचनले सिंहदरबारको अधिकार गाउँसम्म आउने हुंँदा स्वार्थको खेलमा नलागि निर्वाचनमा होमिन कार्यकर्तालाइ आग्रह गरे । एमाले सांसद सीता गिरी ओलीले राष्ट्रियता, जनजीविकाका क्षेत्रमा एमालेको अभियान जारी रहेकाले आम जनताको साथले नै एमाले आप्mनो लक्ष्यमा पुग्ने बताइन । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले सुखी नेपाली समृद्ध नेपाल एमालेको नीति रहेको भन्दै प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदायुक्त र आर्थिक रुपले सम्पन्न महानगरका रुपमा पोखराको विकासका लागि एमालेको जित आवस्यक रहेको बताए । एमाले कास्कीका सचिवालय सदस्य शोभामोहन पौडेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा प्रदेश नं. ४ का सदस्य श्रीनाथ बराल, भीम कार्कीले एमाले कार्यकर्तालाई जनताको बहुदलीय जनवाद, स्थानीय निकाय र जन प्रतिनिधिको भूमिका लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
निर्वाचनलाई लक्षित गर्दै एमालेले पार्टी सदस्य र अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको हो ।  वडा कमिटीका अध्यक्ष विष्णु गौतमले संचालन गरेको कार्यक्रममा जिल्ला सदस्य इमानराज पौडेलले स्वागत गरेका थिए ।





Post a Comment

 
Top