0
गोल्डेन न्यूज संवाददाता
 स्वतन्त्र पत्रकार संघ कास्कीले नेपाल पत्रकार महासंघ कास्कीका निर्वाचित पदाधिकारी, पार्षदहरुलाई स्वागत, सम्मान र घाइते पत्रकारलाई सहयोग गरेको छ । कार्यक्रमा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले प्रेस स्वतन्त्रता सेनानी नारायण प्रसाद भट्टराई, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, नेपाल सरकारका पूर्व सहसचिव नरहरि बराल, ज्योतिष पत्रकार डा.बलराम उपाध्याय रेग्मी, संघका अध्यक्ष कृष्ण थापा लगायतले सम्मान सहित क्रियाशील पत्रकार नारायण शाहीलाई उपचार सहयोग वापत १० हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको थियो । कार्यक्रमका बोल्दै बास्तोलाले पत्रकार स्वतन्त्र बन्नु पर्छ भन्ने भावना आउनुपर्ने र महासंघ र स्वतन्त्र संघ बीच सद्भावपूर्ण तवरले अगाडि बढ्नुपर्ने बताए । पत्रकार महासंघकी केन्द्रीय सदस्य सुष्मा पौडेलले पत्रकारले समाचार लेख्दा र आम पत्रकारितामा स्वतन्त्र हुनुपर्ने बताइन् ।  नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासंघ सबैको बनाउन सबै संघ–संगठनको सक्रियता रहनुपर्ने र स्वतन्त्र संघले खेलेको भूमिकाले सबैलाई उदाहरण दिएको बताए ।
 स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुद पत्रकार संघका अध्यक्ष केशव पाठक, उपाध्यक्ष कृष्ण बहादुर रानाभाट, सचिव गौतम रानाभाट लगायतले आफ्नो धारणा राखेका थिए । संघ स्थापना दिवसको छैैटौं वर्ष तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते पत्रकार महिला र महिला संस्था सम्मान गरिन लागिएको र सो कार्यको लागि सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा प्रतिभा छनौट समिति गठन भएको र सो कार्यक्रममा महिलासँग सम्बन्धित संघसंस्थाहरुलाई सहभागिता गराइने भएको छ । संघले अधिवेशन पश्चात संस्थागत गतिविधि कोष स्थापना र सदस्यता बृद्धिलाई जोड दिंदै आएको छ ।









Post a Comment

 
Top